काठमाण्र्डौ । प्रधानन्यायाधीश नियुक्तिमा वरीयताक्रम उल्लंघन भएको भन्दै न्यायिक वृत्तमा बहस तीव्र बनेपछि नेपाल बार एसोसियसनले आकस्मिक बैठक आह्वान गरेको छ ।
संवैधानिक परिषद्ले चौथो वरियतामा रहेका न्यायाधीश मनोज शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि शुक्रबार सर्वोच्च अदालतको नियमित कामकारबाहीसमेत प्रभावित बनेको थियो ।
उक्त विषयमा साझा धारणा बनाउन नेपाल बारले वरिष्ठ अधिवक्तासहितको आपत्कालीन बैठक आयोजना गरेको हो ।
महासचिव केदार कोइरालाले परिषद्को निर्णयबारे बारको आधिकारिक धारणा सार्वजनिक गर्दै आवश्यक कदम अघि बढाइने जानकारी दिए ।

