शनिबार, असार १३,२०८३ 03:41:12
Bizshala
  • शनिबार, असार १३,२०८३ 03:41:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पश्चिमी वायुको प्रभावले देशभर बदली, पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुने

Laxmi Sunrise Bank Limited
पश्चिमी वायुको प्रभावले देशभर बदली, पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुने

काठमाण्डौं ।  देशभर पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा पूर्वी नेपाल आसपास सक्रिय न्यूनचापीय क्षेत्रको प्रभाव देखिएको छ ।  

यसको असरका कारण अहिले विभिन्न प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा बदलीसँगै वर्षाको गतिविधि भइरहेको छ ।

New Office
CG Motors
Garima Development Bank

हाल मधेश, बागमती र गण्डकी प्रदेशसहित कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली देखिएको छ ।  

मौसम पूर्वानुमान महाशाखा का अनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ ।  

त्यस्तै मधेश, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भएको छ ।

महाशाखाले आज दिउँसो पनि पहाडी तथा हिमाली क्षेत्रमा बदली कायम रहने जनाएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ ।  

अन्य प्रदेशका पहाडी क्षेत्रमा समेत छिटपुट वर्षाको सम्भावना रहेको छ । तराईका केही क्षेत्रमा भने हल्का वर्षा हुन सक्ने जनाइएको छ ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशमा मौसम सामान्यतया बदली रहने पूर्वानुमान गरिएको छ ।  

ती प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  

बाँकी भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.