काठमाण्डौं । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशस्तरीय दुई दिने संगठनात्मक भेला धनगढीमा शुरु गरेको छ ।
पार्टीअन्तर्गतको नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान को आयोजनामा कार्यक्रम सञ्चालन भइरहेको हो ।
भेलामा पार्टी सभापति गगनकुमार थापा र प्रतिष्ठानका संयोजक तथा उपसभापति विश्वप्रकाश शर्मा सहभागी छन् ।
सभापति बनेपछि सभापति थापा पहिलो पटक सुदूरपश्चिम प्रदेश पुगेका हुन् ।
प्रदेश तथा स्थानीय तहमा संगठन सुदृढीकरण गर्ने उद्देश्यसहित कांग्रेसले यस्ता भेला सबै प्रदेशमा सञ्चालन गर्ने योजना अघि बढाएको छ ।
धनगढीमा शुरु भएको यो कार्यक्रम आज र भोलि दुई दिनसम्म चल्नेछ ।
कार्यक्रममा यसपटक आसन ग्रहण प्रक्रिया छोटो बनाइएको छ ।
सामान्यतया लामो समय लाग्ने अभ्यासलाई परिवर्तन गर्दै करिब डेढ मिनेटमै आसन ग्रहण सम्पन्न गरिएको हो ।
प्रदेश प्रतिष्ठान प्रमुख जनकराज चौधरीलाई सभापति र गगन थापालाई प्रमुख अतिथिका रूपमा आसन ग्रहण गराएपछि अन्य सहभागीहरूलाई एकैपटक आसन ग्रहण गराइएको थियो ।

