शनिबार, असार १३,२०८३ 10:29:29
Bizshala
  • शनिबार, असार १३,२०८३ 10:29:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल ऊर्जा क्षेत्रमा ऐतिहासिक प्रगति : जडित विद्युत् क्षमता ४ हजार २ सय ९६ मेगावाट पुग्यो

Laxmi Sunrise Bank Limited
नेपाल ऊर्जा क्षेत्रमा ऐतिहासिक प्रगति : जडित विद्युत् क्षमता ४ हजार २ सय ९६ मेगावाट पुग्यो

काठमाण्डौं । नेपालको विद्युत् प्रणालीको कुल जडित क्षमता ४ हजार २ सय ९६ मेगावाट पुगेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रको संयुक्त उत्पादनका आधारमा यो उपलब्धि हासिल भएको हो ।

New Office
CG Motors
Garima Development Bank

मन्त्रालयले परीक्षण चरणमा रहेका आयोजना तथा वैकल्पिक ऊर्जाबाट भएको उत्पादनलाई बाहेक गर्दा हालको जडित क्षमता ४ हजार २ सय ९६ मेगावाट रहेको स्पष्ट पारेको छ ।

चालू आर्थिक वर्षको अन्त्यसम्म यो क्षमता ४ हजार ५ सय मेगावाटभन्दा माथि पुग्ने अनुमान गरिएको छ ।

ऊर्जा क्षेत्र विस्तारसँगै करिब ३ हजार मेगावाट क्षमताका आयोजना निर्माणाधीन अवस्थामा रहेका छन् भने सोही बराबरका आयोजना निर्माण तयारी चरणमा रहेका छन् ।

पूर्वाधार विकासतर्फ पनि उल्लेख्य प्रगति भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म ६६ केभीभन्दा माथिका करिब ७ हजार ३ सय ६० सर्किट किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको छ ।  

साथै १४ हजार ३ सय २३ एमभीए क्षमताका सबस्टेसन सञ्चालनमा आएका छन् ।

त्यसैगरी ३३ केभी प्रसारण लाइनतर्फ करिब ८ हजार २ सय २५ सर्किट किलोमिटर तथा ३ हजार ३ सय ८ एमभीए क्षमताका सबस्टेसन निर्माण सम्पन्न भएको विवरण सार्वजनिक गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेपाल विद्युत् प्राधिकरणका अनुसार प्रणाली सुधार र निगरानी सुदृढीकरणका कारण विद्युत् चुहावट १२.५ प्रतिशतमा झरेको छ ।  

प्राविधिक चुहावट थप घटाउने कार्य पनि निरन्तर भइरहेको जनाइएको छ ।

विद्युत् पहुँचको अवस्था पनि उल्लेखनीय रूपमा सुधार भएको छ ।  

हाल देशको करिब ९९ प्रतिशत जनसंख्यामा विद्युत् सेवा पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिव्यक्ति विद्युत् खपत बढेर करिब ४५० किलोवाट घण्टा पुगेको छ ।

विद्युत् व्यापारमा समेत नेपालले प्रगति गरेको छ ।

हालसम्म करिब २ हजार ९ सय १८ गिगावाट घण्टा विद्युत् निर्यात गरिएको छ भने करिब ५ सय ९० गिगावाट घण्टा आयात भएको छ ।

नवीकरणीय ऊर्जा उत्पादनतर्फ पनि विस्तार भइरहेको छ ।  

हालसम्म सौर्य ऊर्जाबाट ६२.७ मेगावाट र लघु तथा साना जलविद्युत् आयोजनाबाट ५५.३ मेगावाट विद्युत् उत्पादन भएको मन्त्रालयले जनाएको छ ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.