काठमाण्डौं, धनुषा, आइतबार – धनुषामा भएको यात्रुवाहक बस दुर्घटनामा चालकसहित १७ जना घाइते भएका छन्।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मिथिला नगरपालिका–९, लालगढ नजिक बस अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख. ५२३७ नम्बरको बस दुर्घटनामा परेको हो।
बसमा सवार ३३ यात्रुमध्ये चालकसहित १७ जना घाइते भएका छन्।
घाइतेहरूको धनुषास्थित लालगढ मोडल अस्पतालमा उपचार भइरहेको छ।

