मंगलवार, बैशाख २९,२०८३ 10:33:44
Bizshala
  • मंगलवार, बैशाख २९,२०८३ 10:33:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

दाङमा नबिलको जलन उपचार शिविर : २५ जनाको शल्यक्रिया, ८५ बिरामी लाभान्वित

Bizshala
दाङमा नबिलको जलन उपचार शिविर : २५ जनाको शल्यक्रिया, ८५ बिरामी लाभान्वित
Shivam Cement

काठमाण्डौ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन गरिएको नबिल नि:शुल्क जलन उपचार शिविरबाट ८५ जना बिरामीले उपचार तथा विशेषज्ञ परामर्श सेवा प्राप्त गरेका छन्। नबिल बैंक लिमिटेड र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको संयुक्त आयोजना तथा Sushma Koirala Memorial Hospital को सहकार्यमा वैशाख २५ देखि २८ गतेसम्म शिविर सञ्चालन गरिएको हो।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

शिविर अवधिमा २५ जना जलनपीडितको सफल शल्यक्रिया गरिएको नबिल बैंकले जनाएको छ। तीमध्ये जटिल अवस्थाका १२ जना बिरामीलाई थप उपचारका लागि काठमाडौंको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा रिफर गरिएको छ।

नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत विशेषज्ञ चिकित्सकको टोलीमार्फत देशका दुर्गम क्षेत्रमा रहेका जलनपीडितलाई नि:शुल्क उपचार र परामर्श सेवा उपलब्ध गराउँदै आएको छ। जलनका बिरामीलाई तत्काल र विशेष उपचार आवश्यक पर्ने भए पनि धेरै जिल्लामा पर्याप्त सुविधा नहुँदा उनीहरू गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित हुने गरेका छन्। यस्तै समस्यालाई लक्षित गर्दै शिविर आयोजना गरिएको बैंकले जनाएको छ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) Manoj Kumar Gyawali ले नेपालमा अझै पनि धेरै जलनपीडित उपचारको पहुँचबाट टाढा रहेको उल्लेख गर्दै बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत दुर्गम क्षेत्रका बिरामीलाई लक्षित गरी यस्तो अभियान सञ्चालन गरेको बताए।

CG Motors
Garima Development Bank
IME remit

उनका अनुसार बैंकले हालसम्म चार वटा प्रदेशमा सञ्चालन गरेका जलन उपचार शिविरमार्फत आर्थिक अभावका कारण उपचारको प्रतीक्षामा रहेका करिब ५ सय बिरामीले नि:शुल्क सेवा लिइसकेका छन्।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त निर्देशक तथा सहप्राध्यापक Dr. Suresh Rasaili ले प्रतिष्ठानमा जलनसम्बन्धी विशिष्ट सेवा उपलब्ध नभएको अवस्थामा शिविर निकै प्रभावकारी बनेको बताए। “यस प्रकारको सेवा नभएको क्षेत्रमा २५ वटा शल्यक्रिया हुनु अत्यन्त कल्याणकारी काम हो,” उनले भने, “जलनपीडितको पीडा कम गर्न खटिनुभएका स्वास्थ्यकर्मी र आर्थिक सहयोग गर्ने नबिल बैंकप्रति आभार व्यक्त गर्न चाहन्छु।”

नबिल बैंकले यसअघि मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि यस्तै शिविर सञ्चालन गरिसकेको छ। बैंकका अनुसार मधेश प्रदेशमा आयोजित चारदिने शिविरबाट १५० जना, सुदूरपश्चिमको धनगढीमा ६५ जना तथा कर्णाली प्रदेशको सुर्खेतमा सञ्चालन गरिएको शिविरबाट १९४ जनाले उपचार तथा परामर्श सेवा लिएका थिए।

नेपालका अग्रणी वाणिज्य बैंकमध्ये एक Nabil Bank ले सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, सामाजिक उद्यमशीलता, विकास तथा रोजगारी सिर्जनासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.