बिहीबार, बैशाख ३१,२०८३ 09:07:34
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 09:07:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

११ अर्बको मस्र्याङ्दी बेसी आयोजना निर्माणतर्फ, सिटिजन्स बैंक अगुवा लगानीकर्ता

Laxmi Sunrise Bank Limited
११ अर्बको मस्र्याङ्दी बेसी आयोजना निर्माणतर्फ, सिटिजन्स बैंक अगुवा लगानीकर्ता
Shivam Cement

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडको अगुवाइमा ५० मेगावाट क्षमताको मस्र्याङ्दी बेसी जलविद्युत आयोजनामा ७ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी हुने भएको छ । सहवित्तीयकरण मोडलमार्फत लगानी जुटाइने उक्त आयोजनाका लागि प्रवर्द्धक कम्पनी दिब्यज्योती हाइड्रोपावर लिमिटेड र लगानीकर्ता बैंकहरूबीच बुधबार वित्तीय व्यवस्थापनसम्बन्धी कर्जा सम्झौतामा हस्ताक्षर भएको हो ।

Bizshala
New Office
CG Motors

गण्डकी प्रदेशको लमजुङ जिल्लास्थित मस्र्याङ्दी गाउँपालिका र बेसीशहर नगरपालिकामा निर्माण हुने उक्त आयोजनाको कुल अनुमानित लागत करिब ११ अर्ब ३० करोड रुपैयाँ रहेको छ । परियोजनामा ६७ प्रतिशत ऋण र ३३ प्रतिशत स्वपुँजीको संरचनामा वित्तीय व्यवस्थापन गरिएको बैंकले जनाएको छ ।

आयोजना आगामी चार वर्षभित्र निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणको उदीपुर सबस्टेशनमा जोडिनेछ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ११२.०९९ गिगावाट घण्टा र वर्षायाममा २००.५०३ गिगावाट घण्टा गरी वार्षिक ३१२.६०२ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ ।

सम्झौता कार्यक्रममा बोल्दै सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकले स्थापना कालदेखि नै जलविद्युत तथा हरित ऊर्जा क्षेत्रमा एकल लगानी, अगुवा बैंक तथा सहवित्तीयकरणमार्फत सक्रिय भूमिका खेल्दै आएको बताए । उनले बैंकिङ क्षेत्र र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संयुक्त लगानीले देशको ऊर्जा विकासमा निजी क्षेत्रको योगदान उल्लेखनीय रहेको धारणा राखे ।

Garima Development Bank
Shivam Cement
IME remit

पोखरेलका अनुसार बैंकको हालसम्म निर्माण सम्पन्न भइसकेका २७४.४०१ मेगावाट क्षमताका १६ आयोजना तथा निर्माणाधीन १,३३०.८२५ मेगावाट क्षमताका २६ आयोजना गरी कुल १,६०५.२२६ मेगावाट क्षमताका ४२ जलविद्युत आयोजनामा लगानी रहेको छ ।

बैंकले १८ वटा आयोजनामा अगुवा बैंक, ३ वटा आयोजनामा सहअगुवा बैंक, १७ वटा आयोजनामा सहभागी बैंक तथा ४ वटा आयोजनामा एकल लगानीकर्ता बैंकका रूपमा भूमिका निर्वाह गरिरहेको जनाएको छ । प्रदेशगत रूपमा कोशीमा ५२१.६६६ मेगावाट, बागमतीमा ३९३.८२५ मेगावाट, गण्डकीमा ६१६.४६५ मेगावाट, लुम्बिनीमा ५३.०२ मेगावाट र कर्णालीमा २०.२५ मेगावाट क्षमताका आयोजनामा बैंकको लगानी रहेको छ।

दिब्यज्योती हाइड्रोपावर लिमिटेडका अध्यक्ष सतीस न्यौपानेले आयोजनाको निर्माण कार्य तत्काल सुरु हुने र चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको बताए । उनले नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, वन तथा वातावरण मन्त्रालयलगायत निकायबाट आवश्यक कानुनी प्रक्रिया पूरा भइसकेकाले आयोजना समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे ।

ऊर्जा क्षेत्रमा लगानी विस्तारसँगै सिटिजन्स बैंक डिजिटल बैंकिङ सेवामा पनि आक्रामक रूपमा अघि बढिरहेको छ । बैंकले ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’, ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ तथा ‘सिटिजन्स डिजी बैंक सेवा’ जस्ता नवीन सेवा सञ्चालनमा ल्याइसकेको छ । फ्रिलान्सर लक्षित विशेष बचत खातादेखि मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन र सीआरएन सेवा लिन सकिने सुविधा समेत बैंकले सुरु गरेको जनाएको छ ।

हाल सिटिजन्स बैंकले देशभर ६१ जिल्लामा रहेका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.