Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

स्काइवाक टावरको टिकट खरिदमा प्रभु बैंकका ग्राहकले विशेष छुट पाउने

Global IME Bank Limited
स्काइवाक टावरको टिकट खरिदमा प्रभु बैंकका ग्राहकले विशेष छुट पाउने
Nabil Bank Limited

काठमाण्डौ । प्रभु बैंक लिमिटेडका ग्राहकहरूले स्काइवाक टावरको टिकट खरिदमा छुट पाउने भएका छन् । यसका लागि प्रभु बैंक लिमिटेड र वन्डर्स नेपाल प्रालिबीच दुई पक्षीय समझदारी भएको छ ।  

सो समझदारीपत्रमा प्रभु बैंकको तर्फबाट प्रमुख मार्केटिङ अफिसर रविन्द्र ढकाल र वन्डर्स नेपाल(स्काइवाक)का तर्फबाट कार्यकारी निर्देशक पदम प्रसाद न्यौपानेले हस्ताक्षर गरेका छन् ।  

सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले कमलादीस्थित वन्डर्स नेपाल प्रालिको स्वामित्वमा रहेको स्काइवाक टावरको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले टिकट खरिद गर्दा प्रभु बैंकको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्डमध्ये कुनै एक पेश गर्नुपर्ने छ ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

प्रभु बैंकद्धारा यस किसिमका ग्राहक लक्षित छुट तथा अन्य सुविधा सम्झौताहरु देशभरका विभिन्न अस्पताल,रेष्टुरेन्ट, होटल,पार्लर,डिपार्टमेन्टल स्टोरहरु लगायत अन्य व्यापारिक ईकाइहरुमा समेत भएको जानकारी बैंकले दिएको छ ।  

स्काइवाक टावर कुल ७८.५ मिटर अग्लो छ र यस टावरबाट उपत्यकाको ३६० डिग्रीमा दृश्यावलोकन गरि मनोरञ्जन लिन सकिन्छ ।

प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.