Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

आयात र निर्यात दुवैमा गिरावट, व्यापार घाटा २.९२% ले घट्यो

Global IME Bank Limited
आयात र निर्यात दुवैमा गिरावट, व्यापार घाटा २.९२% ले घट्यो
Nabil Bank Limited

काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आयात र निर्यात दुवैमा गिरावट आएको छ । ९ महिनासम्ममा ११ खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँ बराबरको आयात भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो २.८४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको नौ महिनासम्ममा १२ खर्ब १ अर्ब रुपैयाँ बराबर आयात भएको थियो ।

यस्तै नौ महिनासम्मको अवधिमा १ खर्ब १३ अर्ब ८४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.६६ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म १ खर्ब १८ अर्ब रुपैयाँ बराबरको निर्यात भएको थियो ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आयात र निर्यातमा कमी आएसँगै कुल व्यापार घाटा पनि २.९२ प्रतिशतले घटेको छ । देशको व्यापार घाटा १० खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा देशको व्यापार घाटा १० खर्ब ८३ अर्ब रुपैयाँ थियो ।


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.