काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार बैठक शुक्रबार दिउँसो ४ः३० बजे सिंहदरबारमा बस्ने तय गरिएको छ।
प्रधानमन्त्रीको सचिवालयले जारी गरेको जानकारीअनुसार नियमित सरकारी कामकारबाही, समसामयिक राजनीतिक विषय तथा विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रस्तावमाथि छलफल गर्न बैठक आह्वान गरिएको हो।
बैठकमा सरकारका विभिन्न मन्त्रालयबाट प्रस्तुत गरिएका एजेन्डामाथि निर्णय हुने अपेक्षा गरिएको छ।
साथै, देशको वर्तमान राजनीतिक, आर्थिक तथा प्रशासनिक अवस्थाबारे समेत मन्त्रिपरिषद् सदस्यहरूबीच समीक्षा हुने सम्भावना रहेको बताइएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने उक्त बैठकमा सरकारका सबै मन्त्रीहरू सहभागी हुनेछन्। बैठकका निर्णयहरूबारे औपचारिक जानकारी बैठक सम्पन्न भएपछि सार्वजनिक गरिने जनाइएको छ।
सरकारका नियमित नीति तथा कार्यक्रम कार्यान्वयन, विकास आयोजना, प्रशासनिक निर्णय तथा समसामयिक राष्ट्रिय विषयहरू मन्त्रिपरिषद् बैठकका प्रमुख एजेन्डा बन्ने गरेका छन्।

