शुक्रबार, असार ५,२०८३ 02:25:49
Bizshala
  • शुक्रबार, असार ५,२०८३ 02:25:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कक्षा–१२ को पूरक परीक्षा तालिका सार्वजनिक, साउन २ र ३ गते परीक्षा सञ्चालन हुने

Laxmi Sunrise Bank Limited
कक्षा–१२ को पूरक परीक्षा तालिका सार्वजनिक, साउन २ र ३ गते परीक्षा सञ्चालन हुने
Shivam Cement

काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को नतिजामा ‘एनजी’ प्राप्त गरेका तथा परीक्षामा अनुपस्थित भएका विद्यार्थीका लागि पूरक (मौक)  परीक्षाको विस्तृत समयतालिका सार्वजनिक गरेको छ।  

बोर्डका अनुसार परीक्षा दैनिक बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ।

Bizshala
New Office
CG Motors

सार्वजनिक तालिकाअनुसार साउन २ गते अनिवार्य अंग्रेजी विषयको परीक्षा लिइनेछ।  

सोही दिन एक विषय मात्र परीक्षा दिने विद्यार्थीका लागि सबै विषय तथा दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि सानो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन गरिने व्यवस्था गरिएको छ।

त्यसैगरी साउन ३ गते दुई विषयमा परीक्षा दिने विद्यार्थीका लागि अर्को अर्थात् ठूलो कोड नम्बर भएको विषयको परीक्षा हुने बोर्डले स्पष्ट पारेको छ।

योग्यताका आधारमा सैद्धान्तिकतर्फ अन्य सबै विषयमा न्यूनतम वा सोभन्दा माथिल्लो ग्रेड हासिल गरी बढीमा दुई विषयमा ‘एनजी’ प्राप्त गरेका विद्यार्थी तथा अन्य विषयमा ‘डी’ वा सोभन्दा माथिल्लो ग्रेड ल्याएर बढीमा दुई विषयमा अनुपस्थित भएका विद्यार्थी मात्र यस परीक्षामा सहभागी हुन पाउनेछन्।

पूरक परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले असार १९ गतेभित्र प्रतिविद्यार्थी ६०० रुपैयाँ शुल्क बुझाइसक्नुपर्ने व्यवस्था गरिएको छ।

Garima Development Bank
Shivam Cement
Bizshala

तोकिएको म्यादभित्र शुल्क बुझाउन नसकेका विद्यार्थीका लागि असार २६ गतेसम्म विलम्ब शुल्कसहित १ हजार २०० रुपैयाँ तिरेर सम्बन्धित विद्यालयमार्फत अनलाइन आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

यसैबीच, बोर्डले शुक्रबार (असार ५ गते) कक्षा–१२ को परीक्षाफल सार्वजनिक गरेको छ, जसअनुसार ६४.१३ प्रतिशत विद्यार्थी सफल भएका छन्।

नतिजाप्रति असन्तुष्ट विद्यार्थीका लागि पुनर्योगको सुविधा पनि उपलब्ध गराइएको छ।  

प्रतिविषय १ हजार रुपैयाँ शुल्क बुझाएर असार १२ गते अपराह्न ५ बजेसम्म बोर्डको वेबसाइटमार्फत अनलाइन आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

त्यस्तै, परीक्षाफलमा कुनै त्रुटि देखिएमा आवश्यक प्रमाणसहित नतिजा प्रकाशित भएको मितिले ६ महिनाभित्र बोर्डमा निवेदन दिन सकिने पनि स्पष्ट पारिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.