आईतवार, असार १४,२०८३ 03:01:59
Bizshala
  • आईतवार, असार १४,२०८३ 03:01:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भारतले नेपाली चिया परीक्षण नीति बनायो खुकुलो, अब २० प्रतिशत नमूना मात्रै परीक्षण

Laxmi Sunrise Bank Limited
भारतले नेपाली चिया परीक्षण नीति बनायो खुकुलो, अब २० प्रतिशत नमूना मात्रै परीक्षण

काठमाण्डौ । भारतले नेपालबाट आयात हुने चियाको परीक्षण प्रक्रिया खुकुलो बनाउँदै नयाँ निर्णय गरेको छ।

भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (FSSAI)  ले अब आयातित चियाको प्रत्येक गाडीको परीक्षण नगरी र्यान्डम रूपमा २० प्रतिशत खेपको मात्र नमूना परीक्षण गर्ने व्यवस्था लागू गरेको हो।

New Office
CG Motors
Garima Development Bank

यसअघि भारतमा नेपालबाट जाने प्रत्येक चिया गाडीको नमूना अनिवार्य परीक्षण गरी प्रयोगशाला रिपोर्टपछि मात्र बिक्री अनुमति दिइने कडाइ थियो।  

नयाँ व्यवस्थाले परीक्षण प्रक्रिया सरल हुने र ढिलाइ कम हुने अपेक्षा गरिएको छ।

नेपाल चिया उत्पादक संघका अनुसार यो निर्णयले निर्यात प्रक्रियामा सहजता ल्याउने र उद्योगीलाई राहत दिने संकेत गरेको छ।

लामो समयदेखि परीक्षण ढिलाइ र नाकामा चिया रोकिँदा उत्पादन तथा निर्यातमा समस्या भइरहेको थियो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

पछिल्लो समय भारतले आन्तरिक उपभोगका लागि आयात हुने चियामा जोखिममा आधारित प्रणाली अपनाउँदै परीक्षण प्रणाली पुनरावलोकन गरेको हो।  

नयाँ व्यवस्था भारतका सबै नाकामा समान रूपमा लागू हुने बताइएको छ।

भारत नेपालको चियाको सबैभन्दा ठूलो बजार हो, जहाँ नेपालले उत्पादनको ठूलो हिस्सा निर्यात गर्छ।  

नयाँ निर्णयले निर्यातमा देखिएको अवरोध केही हदसम्म कम हुने अपेक्षा उद्योगीहरूले गरेका छन्, यद्यपि भारतीय टि बोर्डले यसको कार्यान्वयन कसरी गर्छ भन्नेमा अझै अनिश्चितता रहेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.