काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत रोकिएको ओपीडी सेवा पुनः सञ्चालनमा आउने भएको छ।
अस्पताल प्रशासनले जारी गरेको सूचनाअनुसार बीमा अन्तर्गतको ओपीडी सेवा आगामी २०८३ असार १५ गतेदेखि पुनः सुरु हुँदैछ। यस चरणमा हाललाई केवल स्वास्थ्य बीमा अन्तर्गतको ओपीडी सेवा मात्र सञ्चालन हुने जनाइएको छ।
त्यस्तै, बीमा ओपीडी टिकट वितरणका लागि निश्चित समय तोकिएको छ। सेवाग्राहीहरूले बिहान ७ बजेदेखि ११ बजेसम्म तथा दिउँसो १ बजेदेखि साढे २ बजेसम्म बीमा टिकट काउन्टरबाट टिकट लिन सक्ने अस्पतालले जनाएको छ।

