बुधबार, असार १७,२०८३ 05:41:18
Bizshala
  • बुधबार, असार १७,२०८३ 05:41:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

दुग्ध विकास संस्थानका पूर्व प्रबन्ध निर्देशक शाह भ्रष्टाचारमा दोषी ठहर

Laxmi Sunrise Bank Limited
दुग्ध विकास संस्थानका पूर्व प्रबन्ध निर्देशक शाह भ्रष्टाचारमा दोषी ठहर

काठमाण्डौ । सर्वोच्च अदालतले दुग्ध विकास संस्थानका तत्कालीन प्रबन्ध निर्देशक शत्रुघ्नप्रसाद साहलाई गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा दोषी ठहर गर्ने विशेष अदालतको फैसला सदर गरेको छ।

न्यायाधीश विनोद शर्मा र शान्तिसिंह थापाको संयुक्त इजलासले विशेष अदालतको निर्णयलाई सदर गर्दै साहविरुद्धको अभियोग कायम राखेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७३ वैशाखमा साह र उनकी पत्नी शुसिला कुमारी साहविरुद्ध करिब २ करोड ३८ लाख रुपैयाँबराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर गरेको थियो।

New Office
CG Motors
Garima Development Bank

विशेष अदालतले २०७५ पुसमा साहलाई दोषी ठहर गर्दै ६८ लाख २४ हजार रुपैयाँ बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको निष्कर्ष निकालेको थियो। अदालतले सोही अनुसार जरिवाना तथा ९ वर्ष कैद सजाय तोकेको थियो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साह दुग्ध विकास संस्थानमा प्राविधिक अधिकृतदेखि प्रबन्धकसम्मका विभिन्न पदमा कार्यरत रहँदै आएका थिए। संस्थामा कार्यरत रहँदा उनले गरेको आम्दानी र सम्पत्तिबीच उल्लेखनीय असमानता देखिएको भन्दै अख्तियारले अस्वाभाविक सम्पत्ति आर्जन भएको दाबी गरेको थियो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.