Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

मनि फ्लो इन्डेक्समा बुलिस डाइभर्जेन्स, सम्हालिने प्रयासमा बजार

Global IME Bank Limited
मनि फ्लो इन्डेक्समा बुलिस डाइभर्जेन्स, सम्हालिने प्रयासमा बजार
Nabil Bank Limited

काठमाण्डौं । आज नेप्से परिसूचक १ हजार ९८० को विन्दुमा बन्द भएको छ । गत माघ ३ गते ४ महिनाको उच्च विन्दु २ हजार २२० बाट घटेको बजार आज बजार १ हजार ९८० विन्दुमा बन्द भएको हो ।  

बजारले यसपटक पनि १९५० आसपास बेस बनाएको देखिन्छ । आज दिनभर सामान्य अंकले तल माथि गरेको बजार अन्त्यमा करिब १५ अंकले बढेर बन्द भयो । बजार बढ्दा आज कारोबार पनि बढेको छ । पछिल्लो पटकको बजारलाई मनी फ्लो इन्डेक्स अर्थात बजारमा पैसाको प्रवाहमार्फत हेर्दा बजारमा प्रष्ट रुपमा बुलिस डाइभर्जेन्स बनेको देखिन्छ ।  

यो भनेको नेप्से घट्दै जाँदाको अवस्थामा कारोबार बढ्दै गएको छ भन्ने हो । मनी फ्लो इन्डेक्स किन बढी विश्वासिलो हुन्छ भने यसले भोल्युम र कारोबार दुवैलाई इन्डिकेट गर्छ । यदि मनि फ्लो इन्डेक्स २० भन्दा तल भएमा ओभर सोल्ड जोन र ८० भन्दा माथि भएमा ओभर बट जोन भनिन्छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

हाल बजार १४ को तहबाट पर्केर ३३ को तहमा पुगि सकेको छ । यसले बजार घटेता पनि कारोबार बढेको छ भन्ने बुझाउँछ । पछिल्लो ५ दिनको कारोबारलाई नियाल्दा बजार १९६० भन्दा माथि टिकेको छ । यस हिसाबले प्राविधिक रुपमा हेर्दा बजार विस्तारै सम्हालिन थालेको देखिन्छ । यदि आगामी दिनमा बजार २ हजार भन्दा माथि कारोबार भएको खण्डमा हालको लागि १९६० नै न्यून विन्दु हुने छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  


Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance
CG Motors
IME remit
Mahalaxmi Development Bank
New Office

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.