Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

टाइटानिक जहाजमा मृत्यु भएका धनाढ्यको घडी १.४६ मिलियन डलरमा बिक्री

Global IME Bank Limited
टाइटानिक जहाजमा मृत्यु भएका धनाढ्यको घडी १.४६ मिलियन डलरमा बिक्री
Nabil Bank Limited

काठमाण्डौ । टाइटानिक जहाजमा एक जना धनाढ्यको शरीरमा भेटिएको घडी महङ्गो मूल्यमा बिक्री भएको छ ।  

टाइटानिक जहाज दुर्घटनामा मृत भेटिएका धनाढ्यको शरीरमा भेटिएको घडी शनिबार बेलायतमा महङ्गो मूल्यमा लिलामीमार्फत बिक्री गरिएको  हो । उक्त घडी १.४६ मिलियन अमेरिकी डलरमा लिलामी भएको हो ।  

यो मूल्य सन् १९१२ मा दुर्घटना भएको टाइटानिकसँग सम्बन्धित वस्तुहरु मध्येकै सबैभन्दा उच्च भएको लिलामकर्ता कम्पनी हेनरी अल्ड्रीज एण्ड सनले जनाएको छ ।  

उक्त घडी अमेरिकी खरिदकर्ताले खरिद गरेका हुन् । उक्त घडी तत्कालिन अमेरिकी धनाढ्य व्यवसायी जोन ज्याकोब एस्टोरको हो । एस्टोर सन् १९१२ अप्रिल १५ मा टाइटानिक जहाजमा दुर्घटनामा परेर निधन हुँदा ४७ वर्षका थिए ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उनी त्यसबेलाका विश्वकै प्रतिष्ठित र सबैभन्दा धनी व्यक्ति थिए । एस्टोर आफ्नी श्रीमतीलाई उद्धार गरेपछि पानीमा डुबेर मरेका थिए । त्यो घटनामा उनकी श्रीमिती म्याडेलिन भने बाच्न सफल भएकी थिइन् ।  

एस्टोरको मृत शरीर दुर्घटनाको एक सातापछि भेटिएको थियो । त्यसबेला घडीसहित उनका अन्य निजी वस्तुहरु भेटिएका थिए ।  -एजेन्सी


Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance
CG Motors
IME remit
Mahalaxmi Development Bank
New Office

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.