मंगलवार, श्रावण ५,२०८३ 03:52:17
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 03:52:17
Bizshala
Global IME Bank Limited

स्पेन दोस्रोपटक विश्वकप च्याम्पियन, अतिरिक्त समयमा अर्जेन्टिनालाई १–० ले हरायो

स्पेन दोस्रोपटक विश्वकप च्याम्पियन, अतिरिक्त समयमा अर्जेन्टिनालाई १–० ले हरायो
New Office

काठमाण्डौ । स्पेनले अतिरिक्त समयमा फेरान टोरेसको निर्णायक गोलको मद्दतमा साविक विजेता अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। आइतबार सम्पन्न फाइनलमा टोरेसले खेलको १०६औँ मिनेटमा गरेको गोल नै स्पेनको ऐतिहासिक जितको आधार बन्यो।

सन् २०१० मा एन्ड्रेस इनिएस्टाले अतिरिक्त समयमा गोल गर्दै स्पेनलाई पहिलो विश्वकप जिताएका थिए। त्यसको १६ वर्षपछि फेरि अतिरिक्त समयमै आएको गोलले स्पेनलाई दोस्रो विश्वकप उपाधि दिलाएको हो।

खेलभरि स्पेनले बल नियन्त्रण र आक्रमणमा स्पष्ट दबाब बनाए पनि अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले लगातार उत्कृष्ट बचाउ गर्दै टोलीलाई खेलमा टिकाइराखेका थिए। निर्धारित समय सकिनुअघि एन्जो फर्नान्डेजले पाउ कुबार्सीमाथि गरेको फाउलका कारण दोस्रो पहेँलो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो। त्यसपछि स्पेनले संख्यात्मक लाभको पूर्ण उपयोग गर्दै अतिरिक्त समयमा गोल निकाल्यो।

निर्णायक गोलको सुरुआत पेड्रो पोरोको क्रसबाट भएको थियो। निको विलियम्सले हेडमार्फत बल टोरेसतर्फ मिलाइदिएपछि उनले शक्तिशाली हाफ–भली प्रहार गर्दै जाल चुमाए। यो टोरेसको प्रतियोगिताकै पहिलो गोल थियो।

यो जितसँगै स्पेन दोस्रो पटक विश्व च्याम्पियन बनेको छ। साथै, युरोपियन च्याम्पियनसिप र विश्वकप लगातार जित्ने पहिलो राष्ट्रको कीर्तिमान उसले दोस्रो पटक दोहोर्याएको छ। स्पेनले यस संस्करणमा पूरै प्रतियोगिताभर केवल एक गोल मात्र व्यहोर्दै नयाँ रक्षात्मक कीर्तिमान पनि बनाएको छ।

अर्कोतर्फ, लियोनेल मेस्सीको नेतृत्वमा रहेको अर्जेन्टिना लगातार तीन प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधि जित्ने लक्ष्यमा असफल रह्यो। यसअघि अर्जेन्टिनाले २०२१ र २०२४ को कोपा अमेरिका तथा २०२२ को विश्वकप जितेको थियो। फाइनलमा भने मेस्सी प्रभाव जमाउन असफल रहे।

खेलपछि स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्तेले टोलीको सामूहिक प्रदर्शनको प्रशंसा गर्दै भने, ‘हामी विश्व च्याम्पियन बनेका छौं। यो सफलता सम्पूर्ण टोलीको एकताकै परिणाम हो।’ उता अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले स्पेन उत्कृष्ट टोली रहेको स्वीकार्दै आफ्ना खेलाडीको प्रयासप्रति गर्व व्यक्त गरे।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.