आईतवार, बैशाख १४,२०८२ 02:07:02
IME remit
  • आईतवार, बैशाख १४,२०८२ 02:07:02
IME remit
Global IME Bank Limited

एक्यानले आर्थिक संकटको समाधानका विषयमा बहस गर्न राष्ट्रिय सम्मेलन गर्ने

Hyundai Nepal
एक्यानले आर्थिक संकटको समाधानका विषयमा बहस गर्न राष्ट्रिय सम्मेलन गर्ने
Nabil Bank Limited

काठमाण्डौ । नेपाली चार्टर्ड एकाउन्टेन्टहरुको छाता संगठन,नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ(एक्यान)ले देशले भोगिरहेको आर्थिक सङ्कटको समाधानका विषयमा बहस गर्न राष्ट्रिय सम्मेलन गर्ने भएको छ । एक्यानले 'Crisis to Rise,unlockingEconomicPotential in Disguise'विषयमा सो सम्मेलन यही चैत्र २७ गते बिहीबार काठमाण्डौस्थित होटल एभरेष्टमा आयोजना गर्न लागेको हो । सो कार्यक्रममा देशमा विद्यमान आर्थिक संकट र त्यसका समाधान विषयमा विशेष बहस आयोजकले जनाएको छ ।  

उक्त सम्मेलन राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नेछन्  । उद्घाटन सत्रमा अर्थमन्त्री वर्षमान पुन,उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री माननीय दामोदर भण्डारी, माननीय शिक्षामन्त्री सुमना श्रेष्ठलगायतले विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

कार्यक्रमको दोश्रो सत्रमा बैंकिङ क्षेत्र र समग्र अर्थतन्त्रलाई जोडेर विशेष बहस हुनेछ । पूर्व अर्थमन्त्री डा.युबराज खतिवडा किनोट स्पिकरका रुपमा रहने सो सत्रमा नेपाल उद्योग परिसंघकाअध्यक्ष राजेश कुमारअग्रवाल,नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी, नेपाल उद्योग बाणिज्य महासंघकि पूर्व अध्यक्ष भवानी राणा, ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष करण चौधरीले विशेष बहस छ । गर्नेछन् । कार्यक्रमलाई नबिल बैंक लिमिटेडका डेपुटी सिइओ मनोज ज्ञवालीले मध्यस्थतता गर्नेछन् ।

कार्यक्रमको तेश्रो सत्रमा नेपालको समृद्धिको र आर्थिक विकासका विषयमा बहस हुनेछ । पूर्वमन्त्री मिनेन्द्र रिजाल कि नोट स्पिकरका रुपमा रहने सो कार्यक्रममा पूर्वमन्त्री बिमलाराज पौड्याल, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल ,राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र,राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदीश चन्द्र पोखरेल र अर्थविद विश्वास गौचनले बहस गर्ने कार्यक्रम रहेको छ । सो कार्यक्रमलाई वरिष्ठ सञ्चारकर्मी दिल भुषण पाठकले मध्यस्थतता गर्नेछन् ।  

कार्यक्रम नेपालले भोगिरहेको आर्थिक सङ्कटको समाधानको दिशा देखाउने काममा उल्लेखनीय हुने संघको विश्वास छ । सो कार्यक्रममा देशका विभिन्न बैंक तथा वित्तीय संस्थाका सिइओहरु, विभिन्न कर्पोरेट हाउसका प्रमुखहरू,बीमा कम्पनी तथा सरकारी निकायका प्रतिनिधिहरू तथा नेपालका चार्टर्ड एकाउन्टेन्टहरुको उल्लेखनीय सहभागिता हुने जनाइएको छ ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.