आईतवार, बैशाख १४,२०८२ 01:45:38
IME remit
  • आईतवार, बैशाख १४,२०८२ 01:45:38
IME remit
Global IME Bank Limited

नेपाल १७ औँ अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव सम्पन्न

Hyundai Nepal
नेपाल १७ औँ अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । नेपाल १७ औँ अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०८१ सम्पन्न भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा बुधबारदेखि ५ दिन चलेको घरेलु उद्योग महोत्सव आज सम्पन्न भएको हो ।  

उक्त महोत्सवमा २ लाख ५३ हजार अवलोकनकर्ताहरुले अवलोकन गरेको र ७ करोड ६५ लाख रुपैयाँबराबरको कारोबार भएको आयोजकले जनाएको छ ।  

महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले मेलामा प्रत्यक्ष/अप्रत्यक्ष, अर्डर, बुकिङ गरिएका समेत गरी समग्रमा ७ करोड रुपैयाँबराबरको कारोबार भएको जानकारी दिए ।

अर्थतन्त्र असहज भएको तथा अन्य चुनौतिहरुका बीच पनि उपभोक्ताहरुको स्वदेशी उत्पादन प्रति अपार माया देखिएको उनले बताए । प्रदर्शनीका सहभागीहरुको चापबाट स्वदेशी वस्तु प्रयोग गर्नुपर्छ भन्ने चेतना बढ्दो क्रममा रहेको देखिएको उनले बताए ।

भुकम्प, कोरोना र आर्थिक मन्दीबाट अहिले लघु, घरेलु तथा साना उद्यमीहरु सताइएको भन्दै उनले साना उद्योगहरुको अर्थतन्त्रमा योगदान बढाउन सरकारले विशेष प्याकेज ल्याउनुपर्नेमा जोड दिए ।

समापन समारोहमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले नेपालको उत्पादन ‘ब्राण्डिङ’ गरेर विश्व बजारमा पुर्याउन सक्नुपर्ने र त्यसका लागि सरकारले पनि नीतिगत तथा प्रक्रियागत सहजीकरण गर्ने बताए । पछिल्लो समय स्वदेशी उत्पादनप्रति उपभोक्ताको चासो बढिरहेको भन्दै अर्थसचिव मरासिनीले आन्तरिक उत्पादन र पुँजी सिर्जनामा वृद्धि नगरेसम्म मुलुकको अर्थतन्त्र सुधार नहुने तर्क उनले गरे ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले स्वदेशी उत्पादन उपभोग गर्नका लागि उपभोक्तालाई उत्प्रेरित गर्नुपर्ने आवश्यकता औंल्याउँदै आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा कसरी लैजान सकिन्छ भनेर सरकारले योजना बनाइरहेको बताए । आगामी आर्थिक वर्षको बजेटमा स्वदेशी कच्चा पदार्थ उत्पादन हुने र त्यसको प्रयोग गरेर उत्पादन गर्ने उद्योगलाई प्रवद्र्धन गर्नेगरी केही कार्यक्रम ल्याउने तयारी भइरहेको उनले जानकारी दिए ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

नेपाल मौरी पालक महासंघका अध्यक्ष सुवास चन्द्र घिमिरेले प्रदर्शनीकै दौरानमा स्वदेशी महको बजारीकरण तथा मह उत्पादक किसान, मह बिक्रेता र उपभोक्ताहरूबीचको सम्बन्ध प्रगाढ बनाउन गरिएको महमेला प्रभावकारी भएको बताए।

कार्यक्रममा प्रा. लोककृष्ण भट्टराई, कृषि विकास बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदी, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका वरिष्ठ अधिकृत मिनबहादुर कुँवर, नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडकी अध्यक्ष जानुकादेवी थापा, नेपाल घरेलु तथा साना उद्योग महासंघका निवर्तमान अध्यक्ष श्याम गिरी, वरिष्ठ उपाध्यक्ष सुर्य कँडेल, उपाध्यक्ष शोभा गुरुङलगायतले आफ्नो मन्तव्य राखेका थिए ।

लघु, घरेलु, साना तथा महिला उद्यमीद्धारा उत्पादित स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनीको यो पटक १७ औं श्रृंखला हो ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.