Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

युवा बैंकर भन्छन्–‘आशा जगाउने मौद्रिक समीक्षा, ग्रस प्रफिटमा झिनो सपोर्ट हुन्छ, कर्जा बढ्छ’

Hyundai Nepal
युवा बैंकर भन्छन्–‘आशा जगाउने मौद्रिक समीक्षा, ग्रस प्रफिटमा झिनो सपोर्ट हुन्छ, कर्जा बढ्छ’
Nabil Bank Limited

काठमाण्डौ । आर्थिक गतिविधि सुस्त हुँदा व्यवसाय बिस्तारमा सकस भोगिरहेका बैंकरहरुले नेपाल राष्ट्रबैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेश्रो समीक्षाले आशा जगाएको बताएका छन् ।  

बिजशालासँग कुरा गर्दै बैंकरहरुले मौद्रिक नीतिमार्फत गरिएका व्यवस्थाहरुले सुस्त बनेको कर्जा बिस्तार हुने, पूँजीकोष टाइट भएर समस्यामा रहेका बैंकहरुले विकल्प पाएका कारण व्यवसाय बिस्तार सहज हुने, रियलस्टेट, सवारी साधन लगायतमा प्रवाह हुने कर्जा बढ्ने, थोरै भए पनि बैंकहरुको नाफामा सुधार देखिने लगायतको विश्लेषण गरेका हुन् । 

Shivam Cement
Sagarmatha Cement

‘क्यापिटल एडूकेसीमा थोरै भए पनि पोजिटिभ इण्डीकेसन आयो । यो व्यवस्थाले पूँजीकोषकै कारण व्यवसाय बिस्तार गर्न नसक्ने अवस्थामा रहेका बैंकहरुले विकल्प पाउँछन् र व्यवसाय बिस्तार हुनेछ ।’ कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले भने–‘होम लोनमा भएको सहज व्यवस्थाका कारण रियल स्टेटमा डिमाण्ड बढ्नसक्छ । गाडी व्यवसायलाई इनकरेज हुन्छ होला । गाडीको इम्पोर्ट बढ्छ, जसले सरकारको राजश्व समेत बढाउँछ ।’  

केन्द्रीय बैंकले असलको कर्जा नोक्सानी व्यवस्था थोरै घटाएको र यसले समग्र वाणिज्य बैंकहरुलाई २ अर्ब बराबरको ग्रस प्रफिट निस्किने समेत उनको विश्लेषण छ । ‘यो व्यवस्थाले १ अर्ब २५ करोड हाराहारीको नेट प्रफिट वाणिज्य बैंकहरुलाई थप हुनेछ ।’ उनले भने–‘सकारात्मक व्यवस्थाहरु आएका छन् । आशा जगाउने काम भएको छ ।’

नवील बैंक लिमीटेडका डेपुटी सीइओ मनोजकुमार ज्ञवालीले समीक्षा सकारात्मक नै रहे पनि यसकै कारण बैंकहरुको आम्दानी र नाफा उल्लेख्य नबढ्ने दाबी गरे । पूँजीकोषको समस्या समाधानका लागि विकल्प दिने कुराले बैंकहरुलाई व्यवसाय वृद्धि गर्न सहज हुने र लचक नीतिकै कारण कर्जा पनि सामान्य बढ्नसक्ने उनको भनाई छ।  

बैंक तथा संस्थाहरुको १ वर्ष अवधि व्यतीत भइसकेका लगानी मध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्थाले शेयर खरिद गर्न पाउने व्यबस्थामा परिवर्तन नभई बिक्री मात्र गर्न दिने व्यबस्थाले शेयर बजारमा सप्लाई बढाउने बताए । ‘बैंकहरुले लगानीबाट बाहिरिने मौकÞा पाउँछन्, तर अहिले नै बैंकहरुले सेयर बिक्री गरिहाल्ने अवस्था छैन । एक वर्षअघि सेयर किन्ने कुन चाहिँ बैंकले अहिले सेयर बेचेर नाफा बुक गर्ने अवस्था छ र ?त्यसकारण यसको सेयर बजारमा तत्काल कुनै असर पर्दैन ।’ बिजशालासँग उनले भने ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.