बिहीबार, असार ११,२०८३ 08:24:02
Bizshala
  • बिहीबार, असार ११,२०८३ 08:24:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सेयर बजारमा लगानीको दायरा बढाउँदै आइएमई लाइफ, वाणिज्य बैंकहरुमा कम्पनीको आकर्षण

Laxmi Sunrise Bank Limited
सेयर बजारमा लगानीको दायरा बढाउँदै आइएमई लाइफ, वाणिज्य बैंकहरुमा कम्पनीको आकर्षण

काठमाण्डौ । प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सूचीकृत पब्लिक कम्पनीको सेयरमा कुल ५६ करोड ५३ लाख रुपैयाँ लगानी गरेको छ ।  

कम्पनीले व्यवसायसँगै लगानीको दायरा समेत बढाउँदै लगेको छ । गत वर्षको तेस्रो त्रैमाससम्मको तुलनामा कम्पनीले ८०५.९३ प्रतिशतले सेयरबजारमा गरेको लगानी बढाएको छ । गत वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा ६ करोड २४ लाख रुपैयाँ लगानी गरेको थियो ।  

तर, गत वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीको सेयरबजारमा लगानी दोस्रो त्रैमाससम्मको तुलनामा ४०.५४ प्रतिशतले घटेको वार्षिक प्रतिवेदनले देखाएको छ । कम्पनीले सार्वजनिक गरेको आव २०७९÷८० को वार्षिक प्रतिवेदनअनुसार कम्पनीले गत आवको अन्त्यसम्म सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा कुल ३ करोड ७१ लाख रुपैयाँ लगानी गरेको छ ।  

प्रतिवेदनअनुसार कम्पनीले बैंक तथा वित्तीय संस्था, हाइड्रो कम्पनी, बीमा कम्पनी र एउटा सामूहिक लगानी कोष तथा म्युचुअल फण्डमा लगानी गरेको देखिएको छ ।  

गत वर्ष कम्पनीले सर्वाधिक वाणिज्य बैंकहरुको सेयरमा लगानी गरेको देखिएको छ । कम्पनीले गत वर्षमा १० वटा वाणिज्य बैंकको सेयरमा मात्रै २ करोड २१ लाख रुपैयाँ लगानी गरेको छ । सर्वाधिक नेपाल बैंकको सेयरमा कुल ३३ लाख ५३ हजार रुपैयाँ लगानी गरेको देखिएको छ ।  

त्यस्तै, विकास बैंकतर्फ शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सेयरमा ७६ हजार रुपैयाँ मात्रै लगानी गरेको देखिएको छ ।  

आइएमई लाइफले बीमा कम्पनीतर्फ भने ५ वटा निर्जीवन बीमा कम्पनीको सेयरमा कुल १ करोड ४३ लाख रुपैयाँ लगानी गरेको छ । जसमध्ये सर्वाधिक प्रभु इन्स्योरेन्समा ५७ लाख ४६ हजार रुपैयाँ लगानी गरेको देखिन्छ ।  

New Office
CG Motors
Garima Development Bank

त्यस्तै, कम्पनीले दुईवटा हाइड्रो कम्पनीको सेयरमा ५ लाख ३४ हजार रुपैयाँ लगानी गरेको देखिएको छ । जसमध्ये आँखु खोला जलविद्युतमा ३ लाख ८५ हजार रुपैयाँ र बुटवल पावर कम्पनीमा १ लाख ४९ हजार रुपैयाँ लगानी गरेको छ ।  

गत वर्षको तथ्याङ्क हेर्दा कम्पनीले अधिकांश वाणिज्य बैंकहरुको सेयरमा लगानी गरेको देखिएको छ । तर समग्रमा भने कम्पनीले प्रभु इन्स्योरेन्सको सेयरमा बढी लगानी गरेको देखिन्छ ।  

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा उल्लेख्य मात्रामा सेयरबजारमा लगानी बढाएको देखिन्छ । गत वर्षको तुलनामा कम्पनीको यो क्षेत्रको लगानी ८०५ प्रतिशलते बृद्धि भएको देखिन्छ । गत वर्षको वार्षिक प्रतिवेदनबमोजिम कम्पनीले अधिकांश वाणिज्य बैंकहरुको सेयरमा लगानी गरेको देखिन्छ । यसर्थ कम्पनीले यसअवधिसम्म आइपुग्दा वाणिज्य बैंककै सेयरमा लगानी थपेको हुन सक्छ ।  

अर्थात् कम्पनीले सेयरबजारमा गरेको लगानी बृद्धिदरको आधारमा नेप्सेमा रहेका समूहगत सबै कम्पनीको सेयरमा लगानीको दायरा बढाएको बुझ्न सकिन्छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.