बुधबार, कार्तिक ७,२०८१ 08:02:17
IME remit
  • बुधबार, कार्तिक ७,२०८१ 08:02:17
IME remit
Global IME Bank Limited

मुकुल ढकाललाई रास्वपाको महामन्त्री र प्रवक्ताबाट हटाइयो, साधारण सदस्य मात्रै रहने

Hyundai Nepal
मुकुल ढकाललाई रास्वपाको महामन्त्री र प्रवक्ताबाट हटाइयो, साधारण सदस्य मात्रै रहने
Nabil Bank Limited

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुकुल ढकाललाई पार्टीको महामन्त्री र प्रवक्ताको पदबाट मुक्त गर्ने निर्णय गरेको छ । रास्वपाको मंगलबार बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई साधारण सदस्य मात्रै रहने गरी पार्टीका अन्य जिम्मेवारीबाट हटाएको हो । यससँगै ढकाललाई पार्टीको  केन्द्रीय सदस्य, महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाइएको छ ।

ढकाललाई अनुशासन आयोगको सिफारिसमा केन्द्रीय समितिले साधारण सदस्य बाहेक अन्य सबै जिम्मेवारीबाट हटाइएको छ । उनलाई अनुशासनहीन, अराजनीतिक, अभद्र, पार्टी सञ्चालन गर्न अक्षम अनुशासन उल्लंघन गरेको जस्ता आरोप लगाउँदै महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाइएको हो ।  

Bizshala
Shivam Cement
CG Motors

यसअघि गत असार २० गते केन्द्रीय समिति बैठकमा अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको र पार्टीको छविमा प्रतिकुल प्रभाव पार्ने अभिव्यक्ति दिएको भन्दै ढकाललाई सात दिनका लागि निलम्बन गरिएको थियो । 

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.