शनिबार, बैशाख १३,२०८२ 12:55:14
IME remit
  • शनिबार, बैशाख १३,२०८२ 12:55:14
IME remit
Global IME Bank Limited

सिटिजन्स बैंकका थप ३ नयाँ शाखा एक साथ सञ्चालनमा

Hyundai Nepal
सिटिजन्स बैंकका थप ३ नयाँ शाखा एक साथ सञ्चालनमा
Nabil Bank Limited

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले शाखा थप ३ वटा शाखा विस्तार गरेको छ । बैंकले सुदूरपश्चिम प्रदेशको अमरगढी डडेल्धुरा र महाकाली दार्चुलामा साथै कर्णाली प्रदेशको दुल्लु दैलेखमा‎ एकसाथ ३ वटा शाख सञ्चालनमा ल्याएको हो ।  

यससँगै बैंकको १९७ वटा शाखाहरु सञ्चालनमा आएका छन् । प्रदेशगत रुपमा बैंकको कोशी प्रदेशमा २७, मधेश प्रदेशमा २९, बागमती प्रदेशमा ५४, गण्डकी प्रदेशमा १५, लुम्बिनी प्रदेशमा ५१, कर्णाली प्रदेशमा ११ र सुदूरपश्चिम प्रदेशमा १० शाखा पुगेका छन् ।

आज बैंकको मुख्य कार्यालयमा अयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राजपोखरेलले नयाँ शाखाका सम्पूर्ण कर्मचारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै स्थानीय स्तरमा खोलिएका यी शाखाहरुबाट अत्याधुनिक बैंकिङ सेवा सुविधा उपलब्ध गराएर आप्mना ग्राहकहरुको मन जित्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । साथै, उनले आगामी दिनमा कर्णाली र सुदूरपश्चिम प्रदेशका अन्य जिल्लामा समेत सिटिजन्स बैंकको उपस्थिति रहने योजना रहेको समेत जानकारी दिए ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

सुविधा सम्पन्न यी शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा मझौला व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ । नयाँ शाखा सञ्चालनको अवसरमा यी शाखामा खाता खोल्दा कर्पाेरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ जस्ता सेवाहरु पहिलो वर्ष निःशुुल्क प्राप्त गर्न सकिने बैंकले जनाएको छ । डि(म्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था रहेको छ ।

सिटिजन्स बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६० वटा एटीएम, ३ विस्तार काउन्टर र ९८ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करिब १८ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आईरहेको छ । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.