शनिबार, बैशाख १३,२०८२ 12:57:35
IME remit
  • शनिबार, बैशाख १३,२०८२ 12:57:35
IME remit
Global IME Bank Limited

लघुवित्तका लागि आयो ६ बुँदे व्यवस्था, के के छन् ?

Hyundai Nepal
लघुवित्तका लागि आयो ६ बुँदे व्यवस्था, के के छन् ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत लघुवित्त वित्तीय संस्थाहरुका लागि ६ वटा बुँदामा नीतिगत व्यवस्था गरेको छ ।  

गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति प्रस्तुत गर्दै लघुवित्त वित्तीय संस्थाहरुको वित्तीय स्वास्थ्य सुधारका लागि विभिन्न व्यवस्था गरेको हो । 

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

लघुवित्त वित्तीय संस्थाहरु तथा तीनका शाखाहरु बीचको मर्जर तथा प्राप्तिलाई प्रोत्साहित गरिने उल्लेख छ ।  

यस्तै, लघुवित्त वित्तीय संस्थाको सेवासम्बन्धमा रहेका गुनासाको सम्बोधन गर्दै ग्राहक हित संरक्षण गर्न अन्तर्राष्ट्रिय असल अभ्यास समेतका आधारमा ग्राहक हित संरक्षणलाई प्राथमिकतामा राखी आवश्यक नियामकीय व्यवस्था गरिने समेत भनिएको छ ।  

यसैगरी, लघुवित वित्तीय संस्थाहरुले कर्जामा लिने ब्याजदर तथा सेवा शुल्कसम्बन्धी नियामकीय व्यवस्थामा समसामयिक पुनरावलोकन गरिने समेत मौद्रिक नीतिमा भनिएको छ ।

परिस्थितिवश ऋण तिर्न नसकेका लघुवित्तका ग्राहकलाई निश्चित प्रतिशत ब्याज भुक्तानी गरी कर्जा पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था समेत गरिएको छ ।  

कुनै निश्चित प्रदेश वा क्षेत्रमा आफ्नो कार्यक्षेत्र सीमित राखी कार्य गर्ने लघुवित्त वित्तीय संस्थालाई प्रोत्साहन गर्न थप व्यवस्था मिलाइने तथा केन्द्रीय बैंकबाट इजाजतपत्रप्राप्त सम्पूर्ण लघुवित्त वित्तीय संस्थाहरुमा एनएफआरएस लागू गरिने समेत घोषणा भएको छ ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.