काठमाण्डौ। नेपाल निर्माण उद्योग परिषद्का महासचिव रामशरण देउजाले राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउने बाटाे खुलेको बताएका छन्।
शुक्रबार नेपाल राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिका बारेमा परिषद्को धारणा सार्वजनिक गर्दै परिषद्का महासचिव देउजाले मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउने बाटाे खुलेको बताएका हुन्।
उनले मौद्रिक नीतिले अर्थतन्त्रका समस्याहरुलाई सम्बोधन गरेको र यो विषय सकारात्मक हुनेमा आफूहरु विश्वस्त रहेको बताए। संकटको भुमरिमा परेको परिस्थितिलाई बुझेर मौद्रिक नीति आएको उनको भनाई छ।
उनले भने,‘मौद्रिक नीति राम्रो आयो। यसले समग्र निजी क्षेत्रलाई अब अघि बढाउने छ। यो मौद्रिक नीतिले छिट्टै सुरु हुने वातावरण मिलाएको छ। हामी एकदमै खुसी छौ । एउटा बिरामीलाई अस्पतालमा जसरी भेन्टिलेटर उपलब्ध हुन्छ । तब बिरामीले आफ्नो रोग रिकभर गर्दै जान्छ, त्यो अवसर मौद्रिक नीतिले दिएको छ।’
उनले विदेशी ऋणहरु क्रमिक रुपमा घट्दै गएको अवस्थामा आन्तरिक श्रोतलाई कसरी व्यवस्थित गर्ने भन्ने कुरामा राष्ट्र बैंक गम्भीर रहेको पाएको बताए।
बजारमा पैसा पुर्याउने सरकारको पहिलो माध्यम निर्माण क्षेत्र रहेको भन्दै उनले पैसा बजारमा जान बन्द भएको अवस्थामा अहिलेको अवस्थालाई बुझेर समस्या समाधान गर्ने गरी मौद्रिक नीति आएको दाबी गरे।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                        .jpg) 
                                        .jpg) 
                                         
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                