बिहीबार, असार १२,२०८२ 12:04:05
  • बिहीबार, असार १२,२०८२ 12:04:05
Global IME Bank Limited

युनिलिभर नेपालको सेयरमूल्य प्रतिकित्ता ५६ हजार नजिक

Hyundai Nepal
युनिलिभर नेपालको सेयरमूल्य प्रतिकित्ता ५६ हजार नजिक
Nabil Bank Limited

काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडको सेयरमूल्य ५६ हजार रुपैयाँ नजिक पुगेको छ । आज कम्पनीको सेयरमूल्य ४ प्रतिशत बढ्दै प्रतिकित्ता ५५ हजार ९२० रुपैयाँ पुगेको छ । युनिलिभर नेपाल नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा कारोबार हुने कम्पनीहरुमध्ये सर्वाधिक सेयरमूल्य भएको कम्पनी हो ।  

आज कम्पनीले प्रतिकित्ता मूल्य ५४ हजार ५ सय रुपैयाँका साथ कारोबारको थालनी गरेको छ ।  कम्पनीको सेयरमूल्य २०२३ को जुलाई ३० मा प्रतिकित्ता ३६ हजार ६५० रुपैयाँ थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीले गत जेठ १५ गते आफ्नो अधिकृत पूँजी ३० करोड रुपैयाँबाट बढाएर २ अर्ब १४ करोड रुपैयाँ  पुर्याएको थियो ।  हाल कम्पनीको अधिकृत पूँजी ३० करोड रुपैयाँ र चुक्तापूँजी ९ करोड २० लाख ७० हजार रुपैयाँ छ ।

मौद्रिक नीतिपछि खुलेको आजको सेयर बजारमा दुईपटक अपर सर्किट लागिसकेको छ । यो समाचार तयार पार्दासम्म नेप्सेमा ३.४३ प्रतिशत अर्थात ८८.१३ प्रतिशतको उछाल आईसकेको छ । यतिबेला नेप्से  २ हजार ६५६.२७ विन्दुमा रहेको छ । आज १२ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.