बिहीबार, भाद्र १२,२०८२ 07:02:47
  • बिहीबार, भाद्र १२,२०८२ 07:02:47
Global IME Bank Limited

लगातार २ दिन बढेको अब कता जाला ?(प्राविधिक विश्लेषण)

Hyundai Nepal
लगातार २ दिन बढेको अब कता जाला ?(प्राविधिक विश्लेषण)
Shivam Cement

काठमाण्डौ । दिनभर सामान्य उत्तारचढाव भएको बजार अन्तिम समयमा आज करिब १० अंकले बढेर २०८५  को विन्दुमा  बन्द भएको छ ।  

योसँगै कारोबार तथा भोलुम पनि सामान्य अंकले बढेर बजार बन्द भएको छ । प्राविधिक रुपमा आजको बजारलाई एकघण्टाको समयअवधिमा हेर्दा बोलिङ्गरको मध्यब्यान्ड भन्दा माथि बन्द भएको छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

एकघण्टाकै समय अबधिमा म्याक्डीमार्फत हेर्दा आज बुलिस क्रसओभर पनि बनेको छ । यही समयावधिमा आरएसआईमार्फत बजारलाई नियाल्दा ओभरसोल्ड जोन ३० बाट फर्केर हाल न्यूट्रल जोन ५० मा पुगेको छ ।  

समग्रमा तीनवटै इण्डिकेटरबाट नियाल्दा बजारमा मंगलबारदेखि अल्पकालीन लगानीकर्ता हाबी हुँदै गरेको देखिन्छ । बजारलाई डेली बेसमा हेर्दा यदि आगामी दिनमा २१०४ भन्दा माथि माथि टिकेर कारोबार हुन्छ भने बजारले माथिको यात्रा तय गर्दै गरेको मानिनेछ ।  

पिभटमार्फत बजारलाई नियाल्दा पिभट प्वाइन्ट २०८८ मा बजारले कडा प्रतिरोधको सामना गरेको देखिन्छ ।  

त्यसैगरी, त्यहाँबाट माथि गएमा बजारले २११०, २१५५ र २१७८  मा प्रतिरोध सामना गर्नसक्छ ।  

बजारले घटेमा भने २०४३, २०१८ र १९७५ मा  बलियो सपोर्ट लिनसक्छ ।  

(नोट: सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारको सिफारिस भने होइन ।)

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.