Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

'ब्याजदर घट्न थाल्यो, अब अर्थतन्त्र रिभाइभ हुन्छ'

नेपाली बैंकिङ उद्योगकी पहिलो महिला डेपुटी सीइओ पाठक भन्छिन्-'उत्पादनशील क्षेत्रमा कर्जा नदिए फेरि संकट आउँछ'

Global IME Bank Limited
'ब्याजदर घट्न थाल्यो, अब अर्थतन्त्र रिभाइभ हुन्छ'
Nabil Bank Limited

-सरस्वती कटुवाल
काठमाण्डौ । पछिल्लो समय नेपाली अर्थतन्त्रमा देखिएको सकसपूर्ण अवस्थाले आम मानिसको दैनिक आर्थिक चक्र बिगारिदिएको छ । कम्पनी तथा व्यक्तिको क्यास साइकल बिग्रिएको छ भने सामान्य उपभोक्ताको समेत खरीद क्षमता डामाडोल बनेको छ । यिनै कारणले आर्थिक गतिविधिमा संकुचन आउँदा अवस्था अझै भयावह पो हुने हो कि भन्ने पिरलो समेत बढिरहेको छ । 

रियल स्टेटमा आएको मन्दी, सेयर बजारमा देखिएको निराशा, ठूला उद्योग व्यवसायदेखि सानासम्ममा परेको मन्दीको चेन इफेक्टले बजार आक्रान्त देखिन्छ । 

एकातिर सरकारले भनेजस्तो राजश्व उठाउन सकेको छैन भने अर्कोतर्फ नियमित खर्च धान्न तथा विभिन्न विकास निर्माणको कामका लागि ठेकेदारहरुलाई भुक्तानी गर्न सरकारले आन्तरिक ऋण उठाउनु परिरहेको छ । बैंकिङ प्रणालीमा तरलता केही सहज त हुँदैछ, तर ब्याजदर बाञ्छित सीमाभित्र आउन सकेको छैन । महंगो ब्याजदरका कारण ऋण प्रवाहको क्षमता हुने बैंकहरु पनि पुरानै व्यवसाय मेन्टेन गरेर बस्नुपरेको अवस्था छ । 

नेपालको अर्थतन्त्रमा देखिएको यस्तो अशुभ संकेतको अर्थ के हो ? कता जाँदैछ हाम्रो अर्थतन्त्र ? किन बिग्रियो क्यास साइकल ? किन सकस व्यहोरिरहेका छन् देशका बैंक तथा वित्तीय संस्था ? समग्रमा देशको आर्थिक र वित्तीय भविष्य कस्तो देखिन्छ ? यिनै विषयमा केन्द्रीत रही योपटक हामीले बिगत २९ वर्षदेखि बैंकिङ्ग क्षेत्रमा आवद्ध नेपाली बैंकिङ क्षेत्रकी पहिलो महिला डेपुटी सीइओ बन्दना पाठकसँग कुराकानी गरेका छौं । कुमारी बैंकसँग बिलय हुनुअघि एनसीसी बैंकबाट भीआरएस लिएर बाहिरिएकी उनी हाल एनएमबी बैंकको स्वतन्त्र सञ्चालकको रुपमा काम गरिरहेकी छिन् । 

पाठक देशको अर्थतन्त्रमा निराशा छाउनु पछाडि तीन कुरालाई मुख्य कारक ठान्छिन् । 
 

पहिलोः बैंकहरुबीचको अस्वस्थ प्रतिस्पर्धा । पहिला बैंकहरु कम संख्यामा थिए । संख्या बढेपछि प्रतिस्पर्धा पनि उच्च भयो । बैंकहरु नाफामुखी भए । संचालकहरुमा नाफा नै हुनुपर्छ भन्ने मानसिकताले जरा गाड्दै गयो । संख्याका कारण कम्प्लायन्सका कामहरु पनि बढे । यस्ता कुरामा बेवास्ता गर्दा सबै खालका समस्याहरु थपिए । छिटोभन्दा छिटो माथि पुुग्नुपर्छ भन्ने सोंचका कारण अहिलेको अवस्था निम्त्यायो । 

दोस्रोः कोभिडको बेलामा मन्दी सुरु भयो । लगानी गर्ने वातावरण सहज भएन । 

तेस्रो कारण लगानी गर्ने उपयुक्त अवस्था नभएपछि प्रणालीमा निक्षेप थुप्रियो । 

बैंकहरुले सस्तो ब्याजदरको अफर गर्दै ह्वारह्वार्ती कर्जा प्रवाह गर्दै गए । अन्य उत्पादनशील क्षेत्रमा लगानी नभएका कारण अहिलेको अवस्था आएको पाठकको ठम्याइँ छ । उनी भन्छिन्–‘त्यसबेला हामीले बढी लोन दिनुपर्ने अवस्था थियो, तर अनुत्पादक क्षेत्रमा बढी गयो । यसका कारण धेरै बैंकहरुले आफ्नो एसेट लायविलिटीलाई म्याच गर्न सकेनन् । कर्जा बढी दिएका कारण निक्षेपमा क्रञ्च आयो । अर्काेतिर सरकारी खर्च सो अनुपातमा भएन । बिस्तारै फण्ड क्राइसिस हुन थाल्यो । ब्याजदर बढेर निकै माथि पुग्यो । यस्तै कारणले अहिले बैंकिङमा समस्या आएको हो।’

पाठकको विचारमा ब्याजदर उच्च हुँदा यसविरुद्धमा व्यवसायीहरु देखिए । ब्याजदर उच्च भएरै आर्थिक गतिविधिमा संकुचन आएको महसुस बैंकरहरुलाई पनि भएकै थियो । यहीकरण पछिल्लो केही महिना हेर्ने हो भने ब्याजदर घट्दै गएको छ । 'बैशाखदेखि त मुद्दति निक्षेपको ब्याजदर सिंगल डिजीटमा सीमित बनेको छ । ब्याजदर घट्नुको अरु विकल्प थिएन । अब यसले बिस्तारै आर्थिक गतिविधि बढाउँछ । व्यवसाय सुरु गर्नेहरुले पनि सस्तो दरमा ऋण पाउने अवस्था अब बन्न थाल्छ ।' बैशाख १ गतेदेखि घटेको निक्षेपको ब्याजदरको असरले साउनदेखि कर्जाको ब्याजदर केही सस्तिने उनी देख्छिन् । बिस्तारै सबै कुरामा सुधार हुँदै जाने अपेक्षा गर्न सकिन्छ । 

पाठकले पछिल्लो समय बैंकहरुबाट कर्जा लिने र नतिर्ने डिफल्टरहरुको संख्या बढी भइरहेको बताइन् । यस पछाडिको कारण समेत प्रस्तुत गर्दै भनिन्-'बैंकहरुले कोभिडपछि घरकर्जा ८ प्रतिशतमै दिए । तत्कालै मूल्यांकन गरेर १५ वर्षको लोन ८ दशमलव ५ प्रतिशतसम्ममा दिए । अहिले उक्त ब्याजदर बृद्धि भएर १३ देखि १४ प्रतिशतसम्म पुग्यो । यतिबेला कर्जा तिर्नै नसकेर निराश भएकाहरुमा यस्ता धेरै व्यक्तिहरु छन्। एकाएक अहिले यस्ता धेरै डिफल्ट रेटहरु बढेर बैंकलाई असर गरिरहेको छ । देशको अर्थतन्त्र धारासायी हुँदै जानुमा यो अवस्था ठूलो कारक बनेको छ ।'  

अहिलेको सकसपूर्ण अवस्थालाई सुधारका लागि गर्न सकिने विकल्पहरुमा समेत पाठकले आफ्नो धारणा राखिन् ।  उनको भनाईमा अहिले डिफल्ट रेट बढ्नुको कारण ब्याजदर बढेर हो । 'ब्याजदर बिस्तारै घट्दै जाने संकेत देखिइसकेको छ । ब्याजदर नियन्त्रणतर्फ गइसकेकोले मन्दीले ग्रस्त व्यापार व्यवसायको क्षेत्रमा पनि सुधार आउने अपेक्षा गर्न सकिन्छ । ब्याजदर घट्दै गएपछि सुस्त रहेको अर्थतन्त्र पनि चलायमान बन्न थाल्छ । मलाई लाग्छ अर्थतन्त्र रिभाइभ हुन अब धेरै समय लाग्दैन ।' 

सरकारको खर्च गर्ने प्रवृतिमा समेत व्यापक सुधार हुनुपर्नेमा उनको जोड छ । अर्थतन्त्रको बाह्य क्षेत्रमा निकै धेरै सुधार भइसकेको उल्लेख गर्दै आन्तरिक अर्थतन्त्रमा देखिएको समस्या पनि ब्याजदर घट्न थालेकोले बिस्तारै कम हुँदै जाने उनको अपेक्षा छ । 

'रेमिट्यान्स घट्यो,  सरकारको खर्च गर्ने प्रवृतिमा सुधार भएन, राजश्व संकलन दर घट्दै गयो र ब्याजदर मात्रै बढ्दै गयो भने चाहिँ अर्थतन्त्रमा संकट आउँछ ।' उनले थपिन्-'नेपाल जस्तो सानो मूलुकमा यस्ता धेरै कुराबीच सन्तुलन आवश्यक छ । तर अवस्था हिजोभन्दा आज बेटर छ । भोलि अझै बेटर हुँदै जाने संकेत देखिन थालिसकेको छ ।' 

नेपाली बैंक टाट पल्टिदैनन्
अमेरिकाजस्तो विकसित देशका बैंकहरु टाट पल्टिएका उदाहरण पेश गर्दै चनाखो भएर अगाडि बढिएन भने नेपालका बैंकहरुमा समेत संकट नआउला भन्न नसकिने उनको दाबी छ । 'अमेरिकामा सिलिकन भ्याली बैंक बन्द भएको दुई दिनपछि न्यूयोर्क–आधारित सिग्नेचर बैंक र क्रिप्टोकरेन्सी कारोबारमा नाम कमाएको सिल्भरगेट बैंकमा ताला लाग्यो । लगालग तीन बैंक बन्द भएसँगै अमेरिकाको बैकिङ प्रणालीमाथि अनेकौँ प्रश्न उब्जेका थिए ।  विकसित राष्ट्रहरुमा त यस्ता समस्या देखिए । यो अवस्था हेर्दा नेपालमा बैंकहरु असफल नहोलान् भन्न सकिन्न ।'

नेपालमा यदि एउटा बैंक टाट पल्टियो भने त्यसको चेन रियाक्सन सबैमा पर्ने उनी बताउँछिन् । कोभिड सरेजस्तो अन्य बैंकमा समस्या सर्दै जाने भएकोले चनाखो भएर काम गर्नुपर्नेमा उनको जोड छ । तर अहिले नै नेपालका बैंकहरुमा अमेरिकाको जस्तो टाट नै पल्टिने अवस्था आइहाल्छ भन्ने चाहिँ पाठकलाई लाग्दैन । 

'अस्तिसम्म पनि हाम्रो देश श्रीलंकाजस्तो हुन लाग्यो भनेको सुन्थ्यौं, तर मैले यो कुरा कहिले मानिँन् । श्रीलंका हुनलाई हाम्रो देशको अर्थतन्त्र त्यस्तै प्रकृतिको छैन ।' उनले भनिन्-'श्रीलंका त एकदमै टुरिजममा निर्भर भएको मुलुक हो । कोभिड संक्रमणका कारण पर्यटकहरुको आगमन न्यून भएपछि एकाएक श्रीलंकामा आर्थिक संकट छायो । नेपालमा पनि एक वर्षअगाडि समस्या आएको थियो । तर अहिले त्यो अवस्था टर्मिनेट भइसकेको छ ।' 

केही दिनअगाडि एक पत्रकार सम्मेलनमार्फत नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको आर्थिक तथा वित्तीय क्षेत्रको पछिल्लो ८ महिनाको तस्विर प्रस्तुत गर्दै अवस्थामा निकै सुधार भइसकेको बताएका र यसले नेपाली अर्थतन्त्रको आकाशमा मडारिएको कालो बादल फाट्दै गएको महसुस हुन थालेको बताइन् । 

पाठककाअनुसार अहिलेको अवस्थामा सुधार गर्न एउटा बैंकको प्रयास मात्र पर्याप्त हुन्न । सामूहिक प्रयासको खाँचो छ । 'कुनैबेला केही बैंकको सीडी रेसियो ९८ प्रतिशतमा थियो भन्ने सुनियो । समयक्रमअनुसार घटेर ९० मा आयो । अहिले ८५ को हाराहारीमा रहेको छ । तर अब पनि जथाभावी कर्जा लगानी गरियो भने समस्या फेरि दोहोरिन्छ ।' उनले भनिन्-'अब कर्जा प्रवाह गर्दा जथाभावी गर्नुभएन । उत्पादनमूलक क्षेत्रमा मात्र कर्जा केन्द्रीत गर्न आवश्यक छ । अनुत्पादकमूलक क्षेत्रमा मात्र कर्जा केन्द्रीत गरे हामीमा फेरि अर्को समस्या आउँछ ।' 

अहिलेको अर्थतन्त्र यो अवस्थामा आइपुग्नुमा दोषी को हो ? भन्ने हाम्रो प्रश्नमा पाठकको उत्तर छ-'हामी सबै ।' 

बैंकको कुरा गर्नुपर्दा उनी आफैंलाई पनि दोषी ठान्छिन् । उनको भनाईमा व्यवसाय बढाउने नाममा बैंकरहरुलाई टार्गेटमुखी बनाइयो, यो गलत थियो । फास्ट ग्रोथमा जाने निर्णय नगर्न बैंकरहरुलाई उनको सुझाव छ । 

कम्प्लायन्सका विषयलाई नजरअन्दाज नगर्न उनी आग्रह गर्छिन् । पाठक भन्छिन्-'यस्ता कारणले गर्दा कर्जा डिफल्ट हुन्छ । अहिले भएको यही हो । लोन बढाउन सबैले खोजे । डिपोजिटको ब्याजदर पनि उच्च विन्दूमा पुर्याउने काम भयो । अझ कोभिडपछि बढी नै लिवेरल भए बैंकहरु । सेन्ट्रल बैंकको भूमिका पनि त्यस्तै भयो । यसरी हेर्दा अहिलेको अवस्था निम्तिनु पछाडि हामी सबैको केही न केही भूमिका छ, दोष छ ।' 

राजनीतिक र पोलिसीगत अस्थिरताले पनि अर्थतन्त्रलाई जर्जर बनाएको उनको निश्कर्ष छ । 'कतिवेला अर्थमन्त्री को हुन्छ भन्ने कुराको टुंगो हुन छाड्यो । हाम्रो जस्तो सानो मूलुकमा यस्ता कुराले पनि ठूलो भूमिका खेल्छ ।'-उनले भनिन् । 

१५ दिनमै किन रोल परिवर्तन ?
एनसीसी बैंकबाट भिआरएस लिएको १५ दिनमै पाठक एनएमबी बैंकको स्वतन्त्र सञ्चालक बनिन् । उनका शुभेच्छुकले उनलाई 'यति चाँडै रोल किन परिवर्तन गरेको ?' भनेर पनि बग्रेल्ती प्रश्न गरे । कतिपयले अझै गरिरहेका छन् । पाठकले आफूले चाँडै रोल परिवर्तन गर्नुपछाडिका ३ कारण समेत प्रस्तुत गरिन् ।

पहिलो: २९ वर्षसम्म काम गरेको बैंक मर्जमा गएर अस्तित्वमै नरहनेवाला थियो । यसलाई फच्र्यूनेट भनौं वा अनफच्र्यूनेट भनौं । व्यक्तिगत रुपमा एनसीसी बैंकका साथीभाईसँग मेरो पूरा झुकाव भए पनि कुमारी बैंकको नामसँग कुनै लगाव भएन । एनसीसी बैंक रहिरहने भएको भए यति चाँडै रोल परिवर्तन गर्दिँन थिएँ होला । 

दोश्रो कारण प्रस्तुत गर्दै पाठकले थपिन-'एनएमबीको आफ्नै साख छ । प्रोफेसनल बैंक भनेर बजारमा स्थापित छ । मार्केट पोजिसन पनि धेरै राम्रो छ । यस्तो बैंकबाट अफर आउँदा कसरी नकार्न सकिन्छ ?'

तेश्रोकारण चाहिँ २९ वर्षसम्मको अनुभवको पूरापूर सदुपयोगका लागि पनि उनले एनएमबी बैंक रोजिन् । 

२९ वर्ष लामो बैंकिङ करिअरमा उनी कार्यकारी तहमा बस्दा र हाल डाइरेक्टरको रुपमा काम गर्दाका अनुभव र अनुभूतिहरुको विषयमा समेत पाठकले कुराकानी गरिन् । हरेक क्षेत्रमा, हरेक डिपार्टमेन्टमा काम गर्ने सबैले आफ्नो जिम्मेवारीभन्दा बाहिर गएर अन्य शाखा अर्थात अरुको काम पनि मै गर्नसक्छु भन्ने खालको खराब सोंचले गर्दा पनि धेरै बैंकमा समस्या आएको उनलाई लाग्छ । 'जिम्मेवारी टेलरको छ अनि म व्यवस्थापनको गर्छु भनेर त हुँदैन । अहिले भएकै यही हो । एकैपटक सबै कुरा जान्न खोजेर हुँदैन । जसलाई जे जिम्मेवारी दिएको छ, त्यसमा केन्द्रित भएर काम गर्नुपर्छ । सबै क्षेत्रका लागि यो सुझाव दिन्छु ।'- उनले भनिन् । 

लगानीका लागि बैंक नै सुरक्षित
नेपालको सेयर बजारमा सूचीकृत कम्पनीमध्ये ८० प्रतिशतभन्दा बढी बैंक तथा वित्तीय संस्था छन् । तर पछिल्लो समय सेयर लगानीको हिसाबले सुरक्षित मानिएको बैंकको सेयरप्रति नै लगानीकर्ताको आकर्षण देखिदैन, किन ? भन्ने सवालमा उनी अरु कुनै क्षेत्रभन्दा बैंकको सेयर लगानीको हिसाबले सुरक्षित रहेको तर्क पेश गर्छिन् । 

अन्य क्षेत्रको तुलनामा बैंकिङ क्षेत्रमा ढुक्ककासाथ लगानी गर्न उनको आग्रह छ । पाठककाअनुसार नेपालका सबै बैंक नाफामा छन् । 'बैंक कम जोखिम भएको क्षेत्र हो । नाफा दिने क्षेत्र हो । मुख्य कुरा बैंकले डेभिडेन्ट दिन्छ । यसको मतलब बैंकको लागानी स्टेबल हुन्छ ।'

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
Shikhar Insurance
CG Motors
IME remit
Mahalaxmi Development Bank
New Office

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.