काठमाण्डौ । सीजी इलेक्ट्रोनिक्सअन्तर्गत सेन्सेइ ब्राण्डले चाडपर्वको अवसरमा ‘उत्सव खुसीयाली’ अभियान सुरु गरेको घोषणा गरेको छ।यस अभियानले ग्राहकहरूलाई सेन्सेइ ब्राण्डका घरायसी उपकरणहरूमा आकर्षक छुट र विशेष अफरहरू प्रदान गर्दै चाडपर्वको खुसीयालीलाई थप रोमाञ्चक बनाउने लक्ष्य लिएको छ।
सेन्सेइका उत्पादनहरू जापानी इन्जिनियरिङ र नवीन प्रविधिमा आधारित छन् । यसअभियानअन्तर्गत, ग्राहकहरूले सेन्सेइका घरायसी उपकरणहरू खरिद गरी बम्पर ड्रमा भाग लिन सक्नेछन्।
बम्परड्रमा दुई जना भाग्यशाली विजेताहरूलाई ६५ इन्चको टेलिभिजन जस्ता पुरस्कार प्रदान गरिनेछ।यस्तै ग्राहकहरूको सुविधाका लागि, सीजी इलेक्ट्रोनिक्सले पुराना उपकरणहरू सजिलै एक्सचेन्ज गर्ने र नयाँ उत्पादनहरूको लागि किस्ता भुक्तानीको सुविधा उपलब्ध गराएको छ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                