काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले कास्की जिल्लाको पोखरामा आफ्नो शाखा स्थानान्तरणमार्फत सेवा विस्तार गरेको छ ।
बैंकको पोखरा महानगरपालिका –६ स्थित बुढी बजारमा रहेको शाखालाई सोही महानगरपालिकाको वडा न.६ स्थित हल्लनचोक(लेकसाइड(मा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकहरुले सोही महानगरपलिकको वडा न.२७ स्थित लेखनाथ(तालचोक शाखा) मार्फत सेवा लिन सक्नेछन् ।
सेवा विस्तारकै क्रममा बैंकले आफ्नो २७ औं एक्स्टेन्सन काउन्टर पनि सञ्चालनमा ल्याएको छ। उक्त काउन्टर पोखरा महानगरपलिका वडा न १६ को बाटुले चौरमा स्थापना भएको हो।
साथै,ग्राहकहरुको सहजताका लागि रौतहट जिल्लाको गौर नगरपलिका वडा न.३ स्थित शाखा कार्यालय सोही वडाको ३० मिटरपूर्वतर्फ स्थानान्तरण भएको छ।
स्थानान्तरण भएसँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरु माझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ।स्थानान्तरण भएका शाखाहरूले ग्राहक तथा व्यवसायीहरुलाई सबै प्रकारका रिटेल बैँकिङ सेवाहरु प्रदान गर्नेछ।
हाल लक्ष्मी सनराइन बैंकको सञ्जालमा ५९ जिल्लामा २५४ शाखा, ३२१ एटीएम , २७ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैँकिङ एजेन्ट रहेका छन्।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                