बुधबार, असार १०,२०८३ 02:58:59
Bizshala
  • बुधबार, असार १०,२०८३ 02:58:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेटा कारको उत्पादन, वितरण र सर्भिसमा समस्या छैनः होजोन अटो

Laxmi Sunrise Bank Limited
नेटा कारको उत्पादन, वितरण र सर्भिसमा समस्या छैनः होजोन अटो

काठमाण्डौ । इलेक्ट्रिक कार उत्पादक चिनियाँ कम्पनी होजोन अटोले नेपाली बजारमा समेत लोकप्रिय नेटा ब्राण्डका गाडी उत्पादन र वितरणमा कुनै समस्या नरहेको स्पष्ट पारेको छ । होजोन अटोले प्रेस विज्ञप्ती जारी गर्दै नेटाको उत्पादन र अन्तर्राष्ट्रिय बजारमा भइरहेको वितरणमा कुनै समस्या नरहेको जनाएको हो ।  

‘हामी सुनिश्चित गर्न चाहान्छौँ कि नेटाको उत्पादन र अन्तर्राष्ट्रिय वितरणमा कुनै समस्या छैन । नेपालसहित विश्व बजारमा हाम्रा उत्पादनहरूको नियमित आपूर्ति भइरहेको छ ।’

New Office
CG Motors
Garima Development Bank

होजोन अटोले नेपालमा सीजीमोटर्ससँगको साझेदारीमा नेपाली बजारमा नेटा कारहरूउत्साहजन रुपमा वितरण भईरहेको जानकारी दिदै नेपाली उपभोक्ताबाट पाएको स्नेहका लागि नेटाकोतर्फबाट आभार व्यक्त गरेको छ । ‘हामी हाम्रा उपभोक्ताको बिक्रिपछिको अनुभवलाई धेरै महत्व दिन्छौँ । नेपालको आधिकारीक बिक्रेता सिजी मोर्टसमार्फत बिक्री भएका गाडीहरुमा न्युनतम १० वर्षसम्म स्पेयर्स पार्टस उपलब्ध गराउने प्रतिबद्धता जनाउछौं,’ नेटाहोजोन अटो चाईनाले उल्लेख गरेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेपालका केही मिडियामा नेटा सम्बन्धी नकारात्मक समाचार आए लगत्तै होजोन अटोले बिगतका समाचारहरुमा सत्यता नरहेकाे भन्दै आफ्ना उपभोक्तालाई विश्वसनीय सेवाको प्रतिवद्धतासहित प्रेस विज्ञप्ति जारी गरेको हो ।  

होजोन अटोले पछिल्लो समयमा चीनका स्थानीय सरकारी निकायसँग साझेदारी गरेर आफ्नो वित्तिय र व्यवस्थापनपक्षलाई थप बलियो एवं प्रभावकारी बनाएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.