शुक्रबार, श्रावण १,२०८३ 01:23:28
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 01:23:28
Bizshala
Global IME Bank Limited

कर्णाली डेभलपमेन्ट बैंकको वित्तीय अवस्था समस्याउन्मुख,थप निक्षेप लिन तथा कर्जा प्रवाहमा रोक

कर्णाली डेभलपमेन्ट बैंकको वित्तीय अवस्था समस्याउन्मुख,थप निक्षेप लिन तथा कर्जा प्रवाहमा रोक
New Office

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडलाई थप निक्षेप लिन तथा थप कर्जा प्रवाह गर्न रोक लगाइएको छ । राष्ट्र बैंकको वित्तीय तथा सुपरीवेक्षण विभागले एक सूचना जारी गर्दै कर्णाली डेभलपमेन्ट बैंकलाई थप निक्षेप लिन तथा थप कर्जा प्रवाह गर्न रोक लगाएको जनाएको हो ।  

गत साउन ६ गतेदेखि ११ गतेसम्म कर्णाली डेभलपमेन्ट बैंकबाट सम्पन्न लक्षित निरीक्षणको प्रतिवेदन अनुसार बैंकको कर्जा नोक्सानी व्यवस्थामा सुपरिवेक्षकीय समायोजन गर्दा बैंकले तोके बमोजिमको न्यूनतम पूँजीकोष अनुपात कायम नहुने, निष्कृय कर्जा अनुपात ४०.८५ प्रतिशत कायम हुने लगायतका कारणले बैंकको वित्तीय अवस्था समस्याउन्मुख देखिएको राष्ट्र बैंकले जनाएको छ । 

यही कारण निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने अभिप्रायले बैंकलाई नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ बमोजिम ६ महिनाभित्र बैंकको नयाँ व्यवस्थापनले उक्त संस्थाको वित्तीय परिसूचकहरुमा सुधार गर्ने शर्तमा आजैका मितिदेखि लागू हुने गरी थप निक्षेप संकलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाई शीघ्र सुधारात्मक कारवाही गरिएको सूचनामा उल्लेख छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.