कामना सेवाका ग्राहक र कर्मचारीले ओम मुक्तिनाथ पोलिक्लिनिकमा ५०% सम्म छुट पाउने
काठमाण्डौ । कामना सेवा विकास बैंकले बुटवल, रुपन्देहीस्थित ओम मुक्तिनाथ पोलिक्लिनिक प्रालिसँग सेवाशुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले ल्याबले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । स्वास्थ्य सेवाको पहुँच सर्वसाधारण व्यक्तिहरुसम्म पुर्याउने उदेश्यले स्थापित उक्त पोलिक्लिनिकमा...

