Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

कुमारी बैंकमा मोवाइल एपबाट मुद्दति निक्षेप राख्दा बढी ब्याज पाइने

Global IME Bank Limited
कुमारी बैंकमा मोवाइल एपबाट मुद्दति निक्षेप राख्दा बढी ब्याज पाइने
Nabil Bank Limited

काठमाण्डौ । युवा बैंकरले नेतृत्व हाँकिरहेको कुमारी बैंक लिमीटेडले मुद्दति निक्षेपको ब्याजदरमा नयाँ प्रयोग थालेको छ ।  

बैंकले डिजीटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य तथा समय मागअनुसार नयाँ प्रयोगको थालनी गरेको हो ।  

बैंकले बैशाख महिनाका लागि निक्षेप तथा कर्जाको ब्याजदर तोक्दा नयाँ प्रयोगको थालनी गरेको देखिएको छ । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कुनै पनि निक्षेपकर्ता स्वयम् बैंकमा उपस्थित भएर(भौतिक रुपमा) मुद्दति निक्षेपमा सहभागी हुँदा र मोवाइल एप प्रयोग गरी मुद्दति निक्षेपमा पैसा जम्मा गर्दाको ब्याजदर फरक फरक तोकिएको छ । जसमा भौतिक रुपमा उपस्थित भएर मुद्दति निक्षेपमा पैसा राख्दा ३ देखि ६ महिना अवधिका लागि ६.५१ प्रतिशत ब्याजदर तोकिएको छ भने मोवाइल एपबाट मुद्दति निक्षेपमा पैसा राख्दा ब्याजदर केही बढी ६.६६ प्रतिशत पाइनेछ।  

यस्तै, ६ महिनादेखि १ वर्षे अवधिको मुद्दति निक्षेपका लागि व्यक्ति नै उपस्थित हुँदाको ब्याजदर ७ र मोवाइल एपबाट सहभागी हुँदाको ब्याजदर ७.१५ प्रतिशत,१ वर्ष वा सोभन्दा बढी अवधिका लागि व्यक्ति उपस्थित हुँदा ७.११ प्रतिशत र मोवाइल एपका लागि ७.२६ प्रतिशत ब्याजदर तोकिएको छ ।  

मुद्दति निक्षेप तथा रिकरिङ खाताअन्तर्गत १ देखि ५ वर्षे अवधिका लागि व्यक्ति नै बैंकमा पुगेर खोलिने खाताको ब्याजदर ७ तथा मोवाइल एपबाट पैसा जम्मा गर्दाको ब्याजदर ७.१५ प्रतिशत तोकिएको छ ।  

यस्तै, बैंकले मुद्दति निक्षेपका लागि निक्षेपकर्ताले पाउने ऋण सुविधामा लाग्ने ब्याजदर पनि सोहीअनुसार फरक पारेको छ । जसअनुसार मोवाइल एपबाटै कर्जा माग गर्नेलाई व्यक्ति स्वयम् उपस्थित भएर गरिने मागभन्दा ०.२५ प्रतिशत कम ब्याजदरमा ऋण उपलब्ध गराइने बैंकले जनाएको छ ।  

बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले व्यक्ति स्वयम् उपस्थित भएर मुद्दति निक्षेप खोल्दा कर्मचारी आवश्यक पर्ने भएकोले त्यसको ब्याजदर केही कम र मोवाइल एपबाट रकम जम्मा गर्दा कर्मचारीको कस्ट नपर्ने भएकोले त्यसको ब्याजदर बढी तोकिएको प्रष्ट पारे । यही कारण मोवाइल एपबाट ऋण माग गर्दा पनि कर्मचारीको कस्ट नजोडिने भएकोले ब्याजदर केही सस्तो पर्ने उल्लेख गरे ।  


Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X