कामना सेवा विकास बैंकको मोबाइल बैंकिङमार्फत मुद्दती खाता खोल्न सकिने
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गदैं बैंकको मोबाइल बैंकिङ एपबाट सजिलै मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको छ ।
TRENDING
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गदैं बैंकको मोबाइल बैंकिङ एपबाट सजिलै मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको छ ।
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाहरुले कृषि तथा उर्जा क्षेत्रमा प्रवाहित कर्जामा गर्ने गरेका रिपर्चेज एरेञ्जमेन्टमा कडाई गरेको छ । क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई आज एक सर्कुलर जारी गर्दै केन्द्रीय बैंकले साबिकको व्यवस्थामा केही कडाई गरेको हो।
काठमाण्डौ । सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय वित्तीय कारबाही कार्यदल (एफएटीएफ)ले नेपाललाई ‘ग्रे लिस्ट’मा राखेपछि यसबाट बाहिर निस्कने प्रयासलाई राष्ट्रबैंकले तीव्र पारेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने दिन नै एफएटीएफले दिएको फ्रेमवर्कभित्र रही एकपछि अर्को परिपत्र जारी गरेको छ ।
काठमाण्डौ । मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा आज साढे ६ बजेसम्म आउने भएको छ । नेपाल राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा.भागवत आचार्यले दिएको जानकारी अनुसार अहिले साढे ५ बजेबाट नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक बस्दैछ । उनले सम्भबत एक घण्टासम्म यो बैठक बस्ने बताए ।
काठमाण्डौ । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा थान प्रसाद पंज्ञानी नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको फागुन ९ गते बसेको बैठकले सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी परिवर्तन भई पंज्ञानीलाई नियुक्त गरेको हो ।
काठमाण्डौ । सञ्चालक समितिले उच्च व्यवस्थापनबाट पास भएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पारित गरेको खण्डमा आज सार्वजनिक हुने भएको छ । नेपाल राष्ट्रबैंक स्रोतकाअनुसार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षालाई मुख्य अजेण्डा बनाएर आजै सञ्चालक समितिको बैठक बोलाइएको छ । सञ्चालक समितिले पारित नगरुञ्जेल मौद्रिक नीतिको समीक्षा आजै आउँछ भनेर ग्यारेण्टी गर्न नसकिने...
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र भुक्तानी प्रदायकहरूले प्रदान गर्ने मोबाइल वालेट जस्ता सेवाहरू ग्राहकले दर्ता गराएको मोबाइल नम्बर वा इमेलसँग आबद्ध गरिएका हुन्छन् । जसमा ग्राहकको खातासम्बन्धी महत्वपूर्ण विवरणहरू जोडिएका हुन्छन् ।
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन १३ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३८.४२ रुपैयाँ र बिक्रीदर १३९.०२ रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन १२ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १३८.४५ र बिक्रीदर १३९.०५ रुपैयाँ कायम भएको छ । यस्तै, आज एक यूरोको खरिददर १४४.८० रुपैयाँ र बिक्रीदर १४५.४३ रुपैयाँ कायम भएको छ । आज एक पाउण्डको खरिददर १७४.८८ रुपैयाँ र बिक्रीदर १७५.६४ रुपैयाँ कायम भएको छ ।...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखाविस्तार गर्ने क्रममा आफ्नो १९९ औं शाखा ललितपुरको हरिसिद्धीमा सञ्ंचालनमा ल्याएको छ । यससंगै काठमाण्डौ उपत्यकाभित्र यस बैंकको ४० वटा शाखाहरु र वाग्मती प्रदेशमा ५६ वटा शाखाहरु सञ्चालनमा रहेका छन् ।हरिसिद्धीमा आयोजित एक कार्यक्रमका बीच बैंक सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले नयाँ शाखाको शुभारम्भ गरे ।...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज बजारबाट ३० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ । बजारमा अधिक तरलता देखिएपछि राष्ट्र बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत उक्त रकम खिच्न लागेको हो । बैंकले निक्षेप सङ्कलन उपकरणको माध्यमबाट २१ दिनका लागि निक्षेप सङ्कलन गर्न लागेको हो । अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो ३ बजेबाट बोलकबोल गर्न सकिने बैंकले जनाएको...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन ११ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १३८.४५ र बिक्रीदर १३९.०५ रुपैयाँ कायम भएको छ । यस्तै, आज एक यूरोको खरिददर १४४.९५ रुपैयाँ र बिक्रीदर १४५.५८ रुपैयाँ कायम भएको छ । आज एक पाउण्डको खरिददर १७५.१५ रुपैयाँ र बिक्रीदर १७५.९१ रुपैयाँ कायम भएको छ ।...
काठमाण्डौ । नेपाल बैंक लिमिटेडको फागुन ८ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको ६५ औं साधारण सभा डाकेको छ । बैठकले आगामी चैत ६ गते काठमाण्डौको हलचोकमा रहेको नेपाल एपीएफ क्लबमा बिहान साढे १० बजेदेखि सभा सुरु गर्ने निर्णय गरेको छ । उक्त सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिेवेदनमाथि छलफल गरी पारित गर्ने,आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी...
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले फिदिम, पाँचथरमा १३०औँ र फुङ्लिङ्ग, ताप्लेजुङमा १३१ औँ शाखाको औपचारिक उद्धघाटन गरेको छ । बैंकले कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामा रहेका ग्राहकहरूलाई अत्याधुनिक दिगो, दरिलो र विश्वासिलो बैंकिङ सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यका साथ फागुन ८ गतेका दिन फिदिम नगरपालिका वडा नं १ पाँचथरमा १३० औँ र फागुन ९ गतेका दिनफुङ्लिङ्गनगरपालिका...
काठमाण्डौ । भारतीय व्यवस्थापन संस्थान(आईआईएम) लखनउको एक अध्ययनअनुसार, हरित ऋणको हिस्सा बढी भएका बैंकहरूले लामो समयसम्म बढी वित्तीय स्थिरता प्राप्त गर्छन्। यो अनुसन्धान फाइनान्स रिसर्च लेटर्स नामक प्रतिष्ठित जर्नलमा प्रकाशित भएको छ। यसमा भनिएको छ कि यदि बैंकहरूले गैरकार्बन (कम प्रदूषण गर्ने) उद्योगहरूलाई बढी ऋण दिए भने उनीहरूको ऋण पोर्टफोलियोको गुणस्तरमा सुधार...
काठमाण्डौ। नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई)अन्तर्गत यही फागुन ७ गते विराटनगरमा ‘नबिल एसएसई कनेक्टः प्रदेशभर उद्यमशीलताको प्रवद्र्धन’ कार्यशाला सम्पन्न गरेको छ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको सहकार्यमा सम्पन्न कार्यशालामा उद्यमी, उद्योग तथा वाणिज्य संघका प्रतिनिधि, शैक्षिक संस्थाका नेतृत्वकर्ता र सरकारी पदाधिकारीबीच...
काठमाण्डौ । नोपल राष्ट्र बैंकले हाल चलनचल्तीमा रहेका रु.१ र रु.२ का सिक्का सटही गर्न सकिने व्यवस्था गरेको छ । राष्ट्र टक्सार महाशाखाबाट रु.१ र २ का सिक्का सटही गर्न सकिने व्यवस्था गरिएको हो । आफूसँग भएका चलनचल्तीमा रहेका रु. १ र रु.२ का कम्तीमा रु.१०० बराबरका सिक्का राष्ट्र बैंकको टक्सार महाशाखा, बबरमहलबाट सटही गरी सो बापतको रकम प्राप्त गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । सटही...
काठमाण्डौ । नेपाल फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ग्रे लिस्टमा परेको छ । फ्रान्सको राजधानी पेरिसमा जारी एफएटीएफको बैठकले नेपाललाई आगामी दुई वर्षका लागि ग्रे लिस्टमा राख्ने निर्णय गरेको हो । पेरिसमा जारी बैठकमा नेपालको तर्फबाट सहभागी भएका अधिकारीहरुका अनुसार ग्रे लिस्टमा परेका देश र त्यस्तो सूचीबाट बाहिरिएकाहरुको विषयमा औपचारिक घोषणा केही घण्टापछि गर्ने...
काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैतमा सकिँदैछ । त्योभन्दा एक महिनाअघि उनी विदामा बस्नुपर्नेछ । अधिकारीको कार्यकाल सकिनै लाग्दा केन्द्रीय बैंकको शीर्ष पदमा अब को पुग्ला भनेर चर्चा सुरु भएको छ । आगामी गभर्नरका आकांक्षीहरुले विभिन्न राजनीतिक शक्तिकेन्द्रहरुसम्मको दौडधूपलाई तीव्र पारेका छन् ।
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको अध्यक्षतामा 'South Asia Region Financial Inclusion Initiative (SARFII) को '6th Leaders Roundtable' बैठक आज काठमाण्डौमा सम्पन्न भएको छ । उक्त बैठकमा सेन्ट्रल बैंक अफ श्रीलङ्काका गभर्नर डा. पी. नन्दलाल वीरासिंघे, बङ्गलादेश बैंकका डेपुटी गभर्नर डा. मोहम्मद हबिबुर रहमान, माल्दीभ्स मनिटरी अथोरिटीका डेपुटी गभर्नर इमाद अहमद, सेन्ट्रल बैंक अफ पाकिस्तानका कार्यकारी...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.