कांग्रेसका मन्त्रीले अड्काएका शहीद घोषणा राजपत्रमा, सरकारमाथि एकैपटक करिब ३ अर्ब दायीत्व थपिने
काठमाण्डौ । नेपाली कांग्रेसका प्रवक्ता तथा तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतका कारण रोकिएको थप २ हजार ६७४ जनालाई शहीद घोषणा र राहात वितरणको प्रक्रिया सरकारले अगाडि बढाएको छ । नेपाली कांग्रेस सरकारबाट बाहिरिएलगत्तै २०८० पुस २४ गते थप २ हजार ६७४ जनालाई शहीद घोषणा गर्ने निर्णय भए पनि कार्यान्वयनमा आएको थिएन । विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत...

