सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?
काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ । अघिल्लो दिन प्रतितोला ५ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १८ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४४ हजार रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघिको उच्च मूल्य १ लाख ४२ हजार ७ सय रुपैयाँ थियो । अघिल्लो दिन छापावाला सुनको...