हेरचाहकर्ताको सुविधा दिलाईपाँउ भनि धर्ना बसेका दिपक भण्डारीको अवस्थाप्रति राष्ट्रिय अपांग महासंघको गम्भिर ध्यानाकर्षण
काठमाण्डौ । स्पाइनल कर्ड इन्जुरी भई पूर्ण रुपमा अशक्त अपांगता भएका दिपक भण्डारीले अपांग व्यक्तिले पाउनु्पर्ने अधिकार पाउनुपर्ने माग राख्दै रत्तपार्कमा धनाए बसिरहेको अवस्थाप्रति गम्भिर ध्यानाकर्षण भएको राष्ट्रिय अपांग महासंघ र अन्य अपांग संघहरुले जनाएका छन् । महासंघले एक प्रेस विज्ञप्ती जारी गर्दे स्पाइनल बर्ड इन्ज्युरीबाट पूर्ण अशक्त अपांगता भएका तनहुँ जिल्लाको...