साहस उर्जाको २.८२ करोड कित्ता सेयरको लक इन अवधि असोजमा समाप्त हुने
काठमाण्डौ । साहस उर्जा लिमिटेडको लक इन समयावधि आगामी असोजमा समाप्त हुने भएको छ । कम्पनीको २ करोड कित्ता बढी सेयरको लक इन अवधि असोज १६ गते समाप्त हुन लागेको हो । कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि जारी गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि हुन लागेको कम्पनीले जनाएको छ।