काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको हो ।
कम्पनीले यही मंसिर ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ मंसिर १० गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।
कम्पनीले आगामी पुस ४ गते काठमाण्डौमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान ९ बजेदेखि २२ औं वार्षिक साधारण सभा आयोजना गर्दैछ । सभामा गत आवसम्मको सञ्चित मुनाफाबाट चुक्तापूँजीको ४० प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर प्रयोजनका लागि २.१०५ प्रतिशत नगद लाभांश गरी कुल ४२.१०५ प्रतिशत लाभांश वितरणको प्रस्उताव पारित गरिनेछ ।
मंसिर ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त सभामा कम्पनीको सञ्चालक समिति सदस्य घटाउनका लागि नियमावलीको नियम ३१(१)संशोधन गर्ने प्रस्ताव थप गर्ने निर्णय गरेको छ ।

