बुधबार, बैशाख २,२०८३ 09:07:44
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 09:07:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एकैपटक ८ वटा कम्पनीको लाखौं कित्ता सेयर किन बेच्दैछ एनआरएन इन्फ्रास्टक्चर ?

Bizshala
एकैपटक ८ वटा कम्पनीको लाखौं कित्ता सेयर किन बेच्दैछ एनआरएन इन्फ्रास्टक्चर ?
Shivam Cement

काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले नेपाल धितोपत्र बोर्डको निर्देशन पालना गर्दै एकैपटक ८ वटा सूचीकृत कम्पनीहरूको संस्थापक तथा साधारण सेयर बजारमा बिक्री गर्ने भएको छ।

गत असार महिनामा सेबोनले सार्वजनिक निष्कासन गर्ने लगानी कम्पनीहरूलाई तोकिएका क्षेत्र (ऊर्जा, यातायात, सञ्चार, कृषि, पर्यटन, उत्पादन तथा प्रशोधन, सूचना प्रविधि र खनिज उत्खनन) बाहेकका कम्पनीहरूको सेयर किन्न पूर्ण रूपमा रोक लगाएको थियो। यही नियमको कारण कम्पनीले आफूसँग रहेका तोकिएका क्षेत्रबाहेकका कम्पनीहरूको सेयर बिक्री गर्नुपरेको हो।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

बिक्रीमा राखिएका सेयरहरू यस प्रकार छन्:

1.कुमारी बैंक लिमिटेड – ५ लाख ३० हजार कित्ता संस्थापक सेयर

2.नेशनल माइक्रोफाइनान्स लघुवित्त – १ लाख ७ हजार ४८४ कित्ता संस्थापक सेयर

3.नेरुडे मिर्मिरे लघुवित्त – ७४ हजार १०६ कित्ता संस्थापक सेयर

4.मेरो माइक्रोफाइनान्स लघुवित्त – ७८ हजार २०९ कित्ता संस्थापक + २ लाख ८२ हजार ३१५ कित्ता साधारण सेयर

5. हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी – ४० हजार १ कित्ता संस्थापक सेयर

6. प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स – ५ लाख ९४ हजार कित्ता संस्थापक सेयर

7. नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेड – २ लाख २५ हजार कित्ता सेयर

8. नेशनल लाइफ इन्स्योरेन्स कम्पनी – १ कित्ता साधारण सेयर

CG Motors
Garima Development Bank
IME remit

कम्पनीका अनुसार यी सबै सेयर बिक्री गर्ने निर्णय गत ३ मंसिरमा बसेको सञ्चालक समितिको बैठकले गरेको हो। सेबोनको असारको निर्देशन कार्यान्वयन गर्नका लागि यो कदम चालिएको कम्पनीले जनाएको छ।

सेयर बिक्री प्रक्रिया चाँडै नै सुरु हुने अपेक्षा गरिएको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.