काठमाण्डौ । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड र वाइज याक सोलुसन्स प्रालिबीच एआई मार्फत कृषी तथा पशुपन्छी बीमा र लघु बीमा सम्बन्धमा बीमा सचेतना कार्यक्रम सञ्चालन गर्ने सहमति बनेको छ ।
सिराह, सप्तरी, धनुषा र महोत्तरी जिल्लामा बीमाको पहुच नपुगेको क्षेत्र र वर्गका जनतलाई स्थानिय भाषामा बीमा सचेतना कार्यक्रम सञ्चालन गर्नको निमित्त जेठ १७ गते सम्झौता सम्पन्न भएको हो ।
उक्त सम्झौतापत्रमा सानिमा जिआईसी इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्याय र वाइज याक सोलुसन्स प्रालिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रा.डा सुरेश मानन्धरबाट हस्ताक्षर गरे ।

