मनी फ्लो इन्डेक्समा बुलिस बन्दै बजार, मध्य ब्याण्डबाट माथि लाग्यो नेप्से
काठमाण्डौ । साताको चौंथो कारोबारका दिन नेप्से सामान्य अंकले बढेको छ । आज बजार बढ्दा कारोबार पनि बढेको छ । प्राविधिक रुपमा आजको बजारलाई बिभिन्न इन्डिकेटरबाट नियाल्दा बजारले बिस्तारै माथिको यात्रा तय गर्दै गरेको देखिन्छ । मनी फ्लो इन्डेक्सबाट नियाल्दा यस्तो इन्डेक्स न्यूट्रल जोन ५० भन्दा माथि चलेको छ । मनी फ्लो इन्डेक्सले प्राइस र भोल्युम दुबैलाई प्रतिनिधित्व गर्ने...

