आज बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?
काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज भने वृद्धि भएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, आज तेजावी सुनको मूल्य पनि २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भईरहेको छ ।