सुनको मूल्य प्रतिऔंस १४ डलरले घट्यो, कति पुग्यो भाउ ?
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य ०.६२ प्रतिशत अर्थात प्रतिऔंस १४.२७ डलरले घटेको हो । यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस २ हजार ३१९.३१ डलर कायम भएको छ । पछिल्लो २४ घण्टामा चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ०.०६ डलरले ओारालो लाग्दै प्रतिऔंस २७.२७ डलर कायम भएको छ ।