सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?
काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्यले पुनःनयाँ रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य वृद्धि भएर हालसम्मकै उच्च कायम भएको हो । गत शुक्रबार प्रतितोला ७ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १६ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि गत जेठ ३...