आज घट्यो सुनको मूल्य, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?
काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला ५ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने प्रतितोला २ सय रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३६ हजार ६ सय रुपैयाँ कायम भएको छ ।