नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी)द्वारा प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण प्रयोजनका लागि कोषले पुस २२ गते एक दिनका लागि बुक क्लोज गर्दैछ । यसर्थ आज नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै उक्त प्रस्तावित लाभांश पाउनेछन् ।