मन्त्री गौरी यादब र अमेरिकी कार्यबाहक राजदुत बिच भेटवार्ता
काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादव र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बम बीच मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। उक्त अवसरमा नेपाल र अमेरिकाबीचको द्विपक्षीय व्यापार, लगानी प्रबर्द्धन तथा आर्थिक सहकार्यका विविध पक्षमा गहन छलफल भयो।भेटघाटका क्रममा मन्त्री यादवले सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै...

