इरानद्वारा अमेरिका–मध्यस्थ वार्ता प्रक्रिया स्थगित, गाजा र लेबनानमा युद्धविराम नभएसम्म वार्ता नहुने चेतावनी
काठमाण्डौं । इरानले लेबनानमा इजरायलले सञ्चालन गरिरहेको सैन्य कारबाहीप्रति कडा आपत्ति जनाउँदै अमेरिका–इरानबीच मध्यस्थकर्तामार्फत भइरहेको वार्ता प्रक्रिया स्थगित गरेको छ। इरानको अर्धसरकारी समाचार संस्था तस्निमका अनुसार दुवै पक्षबीच भइरहेको मस्यौदा प्रस्ताव आदान–प्रदान समेत हालका लागि रोकिएको छ।

